काठमाण्डौ, २२ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले जनता र राष्ट्रको हितमा काम गर्न निजामती कर्मचारीहरुलाई निर्देशन दिएका छन् । १३ औं निजामती सेवा दिवसको अवसरमा आज राजधानीम भएको कार्यक्रममा उनले निष्पक्ष र इमान्दार भएर जनताको सेवामा लाग्न कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।
मुलुकको आर्थिक सम्बृद्धि सरकारको लक्ष्य भएको भन्दै उनले सकारात्मक र प्रभावकारी भूमिका खेल्न कर्मचारीहरुलाई आग्रह गरे । संघीय संरचना अनृुसार निजामती सेवाको बिकेन्द्रीकरण आवश्यक भएको भन्दै उनले निजामती सेवालाई थप प्रभावकारी र आधुनिकीकरण गर्न सरकारले तयारी थालेको पनि बताए ।
संविधान कार्यान्वयनका लागि निजामती कर्मचारीहरुको भुमिका महत्वपूर्ण रहेको भन्दै प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनको लागि लाग्न पनि आग्रह गरे ।
सामान्य प्रशासन मन्त्री केशव बहादुर बुढाथोकीले निजामती सेवालाई प्रभावकारी बनाउन आफूले गृहकार्य थालेको जानकारी दिए । कार्यक्रममा हत्केलामा निजामती सेवा नाम दिइएको मोवाइल एप्स पनि सार्वजनिक गरिएको थियो ।।
