जनवरी २०१३ मा  बेलायतले माओवादी युद्धको बेला मानवअधिकार उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको नेपाली सेनाका महासेनानी कुमार लामालाइ थुना मुक्त गरेको छ । आफुले लगाएको आरोप पुष्टि नभएपछि कुमार लामालाई बेलायतले हिजो थुनामुक्त गरेको हो ।

baburam-kumar-lalaथुना मुक्त हुन बितिकै सेनानी लामा ले  डा. बाबुराम भट्टराईलाई टेलिफोन गरेर भट्टराई नेतृत्वको सरकारले गरेको पहलप्रति धन्यवाद व्यक्त गरेको भट्टराईको सचिवालयले जनाएको छ ।

महासेनानी कुमार लामालाई थुनामुक्त गर्नको लागि तत्कालीन डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले पहल सुरु गरेको थियो । लामालाई छुटाउनको लागि लाग्ने धरौटी र वकिल खर्च भट्टराई सरकारले उपलब्ध गराएको तत्कालीन महान्यायाधीवक्ता मुक्ति प्रधानले जानकारी दिए । साथै तत्कालीन सरकारले बेलायत सरकारलाई पत्राचार समेत गरेको थियो ।