काठमाडौँ, २१ भदौ । म्याद सकिएको साता दिन बित्न थाले पनि अधिकांश जिल्लाबाट स्थानीय तह पुनःसंरचनासम्बन्धी प्रतिवेदन आएको छ । स्थानीय तह पुनःसंरचना आयोगलाई अहिलेसम्म १६ जिल्लाले मात्रै प्रतिवेदन बुझाएका छन् ।
आयोगमा दार्चुला, डडेलधुरा, सिन्धुपाल्चोक, मुगु, दाङ, बाजुरा, कास्की, तनहुँ, स्याङ्जा, सुर्खेत, कञ्चनपुर, डोल्पा, सल्यान, जुम्ला, बागलुङ र गोरखाबाट प्रतिवेदन आएको आयोगका सदस्य माधव अधिकारीले जानकारी दिनुभयो ।
आयोगले जिल्लामा बन्नसक्ने स्थानीय तहको सङ्ख्या, सिमाना, नाम र केन्द्रलगायत जिल्लाको समग्र शिक्षा, स्वास्थ्य, जनसङ्ख्या, विकासको अवस्था, पर्यटकीय, सांस्कृतिक अवस्था लगायतका विषय समेटेर प्रतिवेदन बुझाउनुपर्ने भएकाले प्राविधिक समितिबाट प्रतिवेदन आउन केही ढिला भएको अधिकारीले बताउनुभयो ।
जिल्लाबाट आएका प्रतिवेदनमा आयोगको मापदण्ड अनुसारको एउटा प्रस्ताव र अन्य दुईदेखि पाँच वटासम्म वैकल्पिक प्रस्ताव पनि समेटिएका छन् ।