ilaka prasasan tulsipurतुलसीपुर २० भदौ ।  ईलाका प्रशासन कार्यालय तुलसीपुरले सोमवार पहिलो सेवाग्राहीलाई सम्मान गरेको छ ।

 १५ औं निजामति सेवा दिवसको पुर्वसन्धयामा कार्यालयले सोमवार नागरिक्ता लिन कार्यालयमा गएका तुलसीपुर १० का १८ वर्षिय पुस्कुर खत्रीलाई कार्यालयले सम्मान गरेको हो ।

सम्मानित सेवाग्राहीलाई शाखा अधिकृत निमवहादुर ओलीले फुलमाला सहित दोसल्ला ओढाएर नागरिक्ता प्रमाण पत्र प्रदान ग।रेका हुन् ।

२२ गते कार्यालय विदा रहने तथा २१ गते ऋषिपञ्चमी परेकाले सोमवार नै निजामति सेवा दिवस मनाईएको कार्यालयका नायव सुब्वा यादव भुसालले वताए ।

पहिलो सेवाग्राही खत्री सम्मानित भएकोमा बधाई ज्ञापन गर्दै शाखाअधिकृत ओलीले कर्तव्य निष्टवान समाज र देशको सेवामा अभिप्रेरित वन्न शाखाअधिकृत वलिले आग्रह गरे ।