तुलसीपुर २० भदौ । सिचाई मन्त्री दिपक गिरी मङगलवार दाङ आउँदै छन । राष्ट्रिय महत्व वोकेका दाङका सिचाइ योजनाको अनुगमण र मातहतका कार्यालयलाई राज्यको पछिल्लो नितिका वारेमा व्रिफिङ गर्न सिचाइ मन्त्री गिरी दाङ आउन लागेको नेपाली काँग्रेस दाङले जानकारी दिएको छ ।
सिंचाइ मन्त्री नियूक्त भएपछि पहिलो पटक गृह जिल्ला आउन लागेका मन्त्री गरी दुई दिन सम्म दाङमै बिभिन्न कार्यक्रममा सहभागी हुनेछन् । मन्त्री गिरीले मङगलवार विहान हवाई सेवा मार्फत भैरहवा अवतरण गरी विहान ११वजे लालमटिया गाविसको वडकापथ सिचाई योजनाको पछिल्लो अवस्थाका वारेमा व्ििरफ्रङ ,१२ वजे लमहि स्थीत सरकारी कार्यालयको निरीक्षण ,२ वजे जिल्ला प्रशासन कार्यालय दाङमा सरकारी कार्यालयका प्रमुखसंग छलफल तथा निर्देशन , मङगलवार ३ वजे नेपाली काँग्रेस दाङ पार्टी कार्यालयमा मन्त्री गीरीलाई स्वागत तथा कार्यकर्ता भेटघाटको कार्यक्रम तय भएको नेपाली काँग्रेस दाङका सचिव शंकर डागीले जानकारी दिए ।
वुधवार विहान ७ वजे सिचाई डिभजन कार्यालय दाङ तुलसीपुरको निरीक्षण तथा अनुगमन , ८ वजे विहान तुलसीपुरमा पत्रकार भेटघाट, ८ : ३० वजे तुलसीपुर नगरपालीका वडानं १०को डाँडाखुटि सिरकुलो सिचाई योजनाको अनुगमन , ९: ३० वजे उद्योग वाणिज्य संघ तुलसीपुरमा भेटघाट १: ३० वजे नेपाली काँग्रेस क्षेत्र नंबर ४ को पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट र दिउसो १ वजे जिल्लाको वाढी प्रभावित क्षेत्रको अनुगमन पश्चात वुधवार नै नेपालगंज देखी काठमाण्डौ फर्कने कार्यक्रम तय भएको नेपाली काँग्रेस दाङले जानकारी दिएको छ ।
नव नियुक्त सिंचाई मन्त्री दिपक गीरीलाई नेपाली काँग्रेस क्षेत्र नं ५ ले वुधवार १:३० मा वधाई तथा स्वागत कार्यक्रम तय गरेको नेपाली काँग्रस क्षेत्रनं ५ का सभापति वसन्त देवकोटाले जानकारी दिए ।
