goldभदौ २० काठमडौ ।  नेपाली बजारमा सोमबार भने सुनको भाउ स्थिर रहेको छ ।

अघिल्लो दिन तोलामा तोलामा ४ सय महंगिएको सुन आज भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन ५८ हजार ६ सय, तेजावी सुन ५८ हजार ३ सय ५० र चाँदी ८ सय ७५ रुपैयाँ मै कारोवार भईरहेको छ ।

तीजको मौसम सकिन लागेकाले पनि बजारमा सुनको भाउ स्थिर रहन अवस्था आएको जनायएको छ । यद्यपी, व्यवसायीले भने यो बर्ष तीजको मौसममा पनि सुन कारोवार नभएको जनाएका छन् ।

अघिल्ला बर्षहरुमा तीजमा दैनिक २५ किलो माथि सुनको कारोवार हुने गरेको थियो । अहिले भने १५ किलो समेत सुनको कारोवार नभएको व्यवसायीले बताए । यसबर्ष सुन खरिद गर्नेभन्दा पुरानो गहना साट्ने तथा बिक्रि गर्नेको संख्या बढी रहेको उनीहरुको भनाइ छ ।

पछिल्लो समय मानिसको आम्दानीमा आएको हस, बढ्दो महंगिका कारण नक्कली गहनातिर उपभोक्ता आकर्षित हुन थालेका छन् । सोही कारण यसपटक बाणिज्य बैकहरुसँग रहेको सुन समेत बिक्रि भएको छैन । बैंकहरुसँग अहिलेपनि सयौ किलो सुन थन्किएको छ । व्यवसायीले विगतमा दैनिक २५ किलो सुन दिदँ समेत अपुग हुने गरेको जनाउने गरेका थिए ।