इन्द्रेणी संवाददाता
तुल्सीपुर,१७ बैशाख ।
अवसर पाएपछि अपाङगता भएका ब्यक्तिहरुले पनि समाजमा योगदान गर्न सक्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन । विहिवार दाङको तुल्सीपुरमा आयोजित अपाङगता भएका ब्यक्तिहरुका लागी राज्य सत्तामा पहुच बिषयक एकदिने अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले सो कुरा बताएका हुन ।
अपाङगता सेवा केन्द्र तुल्सीपुरको आयोजना तथा आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिस्ठान काठमाण्डौको सहयोगमा कार्यक्रम भएको हो । केन्द्रका अध्यक्ष तिलसरा पुनको अध्यक्षता एव पुर्व सांसद टिका वुढाथोकिको प्रमुख आतित्थ्यतामा कार्यक्रममा भएको हो ।
सहभागी अपाँगता भएका व्यक्तिहरुले राज्य सत्तामा अपाङता भएकाहरुलाई पु¥याउने कुरा नाम मात्र भएको भन्दै नेताहरुले भोटका लागी मात्र आफुहरुको बिषयमा बोल्ने तर ब्यवहारमा भननउतार्ने समस्या रहेको सहभागीहरुको भनाइ थियो ।
कायक्रममा बोल्दै केन्द्रका अध्यक्ष तिलसरा पुनले आफुहरुले राज्यले उपेक्षा गरेको बताउनु भएको छ । उहाँले राज्य आफुहरुका मुद्धाहरुमा गम्भिर नभएको गुनासो गर्नुभयो ।।