तुलसीपुर, १७ बैशाख ।
नेकपा एमाले निकट अखिल नेपाल महिला संघको आयोजनामा तुलसीपुरका विभिन्न चार वटा वडामा कमिटीहरु गठन गरिएको छ । सांसद अनारकली मियाँको उपस्थितीमा तुलसीपुरका २, ३, ४ र ५ वडामा आयोजना गरिएका छुट्टा छुट्टै भेलाले महिला संघका कमिटीहरु गठन गरिएको हो ।
सोही क्रममा वडा नं. २ मा आयोजना गरिएको कार्यक्रमबाट रिता केसीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कमिटी गठन गरियो । रिता केसीको अध्यक्षतामा भएको भेलाले चयन गरिएको कमिटीमा उपाध्यक्ष एका विक, सचिव दीपा गन्दर्भ, उप–सचिव इश्वरी सिंह कोषाध्यक्ष कालिका गन्दर्भ हुनुहुन्छ । भेलाले मनसरा वलीको संयोजकतत्वमा सल्लाहकार कमिटी चयन गरिएको छ ।
यस्तै वडा नं. ३ मा भएको भेलाले मिरा पन्थीको अध्यक्षतामा १५ सदस्यीय कमिटी चयन गरिएको छ । जसको उपाध्यक्षमा माया रिजाल, सचिव इश्वरी पोख्रेल, उप सचिव नुमा पोख्रेल, कोषाध्यक्ष निमा कालाथोकी, हुनुहुन्छ । कार्यक्रम अनेमसंघ वडा नं. ३ की अध्यक्ष रुपा कालाथोकीको अध्यक्षतामा भएको थियो ।
त्यसैगरी अनेमसंघ तुलसीपुर वडा नं. ४ को भेला विहीबार सम्पन्न भयो । भिमा देवकोटाको अध्यक्षतामा भएको भेलाले तुलसी केसीको अध्यक्षतमा उपाध्यक्ष लिला वली, सचिव दिपा वली, उप सचिव यशोदा रसाइली, कोषाध्यक्ष दिलमाया विश्वकर्मा रहेको कमिटी गठन गरेको छ । अनेमसंघका भेला गर्ने क्रममा वडा नं. ५ को भेलाले कशिरन मियाको अध्यक्षतामा १७ सदस्यीय नयाँँ कार्यसमिति चयन गरेको छ ।।
