काठमाण्डौ, २० भदौ ।
आज, मानव बेचबिखन विरुद्धको १० औं राष्ट्रिय दिबस । सरोकारवाला निकायले बिभिन्न चेतनामुलक कार्यक्रम गरि आज मनाउँदैछन् । मानव बेचविखन विरुद्ध यो वर्षको नारा एउटै लक्ष एउटै सार, मानव बेचबिखनको अन्त्य हाम्रो साझा सरोकार भन्ने तय गरिएको छ ।
सन् २००२ मा सम्पन्न सार्कको ११ औं शिखर सम्मेलनबाट पारित यौन शोषणको लागि महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धिलाई २०६३ भदौ २० गते संसदले अनुमोदन गरेपछि सोहि दिनको सम्झनामा यो दिवस मनाउन शुरु गरिएको हो ।
नेपालबाट बर्षेनी हजारौ युवायुवती रोजगार तथा अन्य बहानामा खाडी तथा भारतीय भुमिमा बेचबिखनमा पर्दै आएका छन् ।यसैबीच दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले मानव बेचबिखन एक जघन्य सामाजिक अपराध भएको भन्दै यसको रोकथामका लागी सरकार प्रयासरत रहेको बताउनुभएको छ ।
उहाँले सामाजिक अपराध विरुद्ध ऐक्यबद्धता जनाउदै मानव बेचबिखन रोक्न सबैले आ आफ्नो क्षेत्रबाट सहयोग पु¥याउन अपिल समेत गर्नुभएको छ । ।