दिपक घिमिरे
साठी सालको अन्त्यतिर बाट पत्रकारिता मा प्रबेश गरेर छिट्टै दङाली क्षेत्र बाट पत्रकारितामा राम्रो दख्खल का साथै पहुँच बनाउन सफल एक युबाको नाम हो किशन रेग्मी ।

13669788_1188714474525279_726179209495494885_n२०४१ सालामा दाङको डुरुवामा बाबू बाबुराम रेग्मी र आमा लक्ष्मी रेग्मिको कान्छो छोराको रुपमा जन्म लिएका किसन रेडियो कार्यक्रमहरु मार्फत छोटो समयमा अत्यधिक मनपराईएका आर जे हुन ।
मीठो बोली र उत्कृष्ट प्रस्तुती कै कारणले उनी विभिन्न लोकप्रीय कार्यक्रम मार्फत घर घरमा गुन्जिरहे । रेडियो स्वर्गद्वारी बाट आफ्नो पत्रकारिता सुरु गरेका किशन रेडियो मध्यपश्चिम मा पनि लोकप्रीय कार्यक्रम चलाउथे ।

सँगै पत्रकारिता सुरु गरेका साथिहरु माझ पनि उत्तिकै प्रीय पात्र किसन पुराना साथिहरुको नजरमा सफल र सहयोगी पत्रकारको रुपमा पर्दछन । काम प्रतिको लगाब र साथिभाई प्रति सहयोगी भावना नै किसनको प्रगतिको कारक हो । उनी काम र साथिभाई लाई कहिले पनि बेवास्ता गरेनन । सँगै पत्रकारिताको सुरुवात गरेका पत्रकार गजेन्द्र बोहराले बताए ।

६३ । ६४ साल तिर दाङमा चलचित्र पत्रकार संघको शाखा आफ्नै अध्यक्षतामा स्थापना गरेर संस्थापक अध्यक्ष बन्न सफल किसन चलचित्र पत्रकारितामा पनि निक्कै अब्बल पत्रकार हुन । रेडियो र छापा दुबै मिडियामा समान रुपले आफ्नो प्रस्तुती पस्किरहेका किसन ६९ सालको अन्त्यतिर बाट एकाएक गायब भए ।

दङाली मिडियामा राम्रो पकड बनायका किसन एकाएक गायब हुदा धेरै शुभ(चिन्तकहरु उनको खोजीमा लागे । तर न छापा मिडिया मार्फत झुल्किय , न त रेडियो मार्फत गुन्जिय ।

लामो अन्तराल पछि किसन फेरि झुल्किए , गुन्जिय अनि छापा मार्फत फैलिय तर बेग्लै दुनिया बाट । एकाएक हरायका किसन अमेरिकाको टेक्सास राज्य बाट मिडिया मालिकको रुपमा फेरि नेपाली पत्रकारिता जगतमा उदाय ।

युएस खबर अनलाईन मार्फत संसार भर झुल्कियका किसन दङाली उत्पादन हुन भन्दा गर्व लाग्ने बताउछन अमेरिकामा बसोबास गर्ने नेपालिहरु । ू अमेरिकामा बसेर पनि नेपाली संचार क्षेत्रमा निरन्तर लागिरहने र हामी अमेरिका बासी लाई निरन्तर सुचना प्रवाह गरिरहने किसन रेग्मी दङाली हुन भन्ने थाहा पाउँदा खुशी लाग्यो । उनको मेहनत र प्रस्तुती ले यतिबेला अमेरिका मात्र होईन , नेपाली बसोबास गरेका सबै जसो ठाउँका नेपाली खुशी छौ , दंग छौ । अमेरिकामै बसोबास गर्ने अर्का नेपाली समाजसेबी होताराम अधिकारीले बताए ।

अमेरिका बाटै अनलाईन मिडिया , पत्रीका , अनलाईन रेडियो अनि अनलाईन टेलिभिजनको सुरुवात गरेका किसन नेपाल प्रतिको मायाले यति गर्न सम्भब भएको बताउछन ।  पैसा भन्दा मेरो रुचिलाई महत्व दिने गरेको छु । म पैसा कमाउन सात समुद्र पारी अबस्य आएको हु तर मेरा सपना बेचेर आएको होईन । पत्रकार किसनले बताए।

रेडियोमा गुन्जिने सपना हुदा हुँदै आर्थिक सम्बृद्धी का लागि सात समुद्र काटेर अमेरिका पुगेका युबालाई एकै पटक चार चार वटा मिडिया प्रकासन गर्नु कम्ती चुनौतिको कुरा होईन । तर आँखामा सपना पालेर अबसरको पर्खाईमा बसियो भने त्यो दिन अबस्या आउँछ । अमेरिकामा मान्छे पैसा कमाउन आउछन तर आफू पैसा सँग सँगै सपना पनि साकार पार्न आएको बताउछन किसन । ू मिडियामा जमेर लाग्ने सानै देखिको इच्छा थियो तर पैसाको अगाडि मेरा इच्छा सबै मरेर गएका थिय । अहिले जो कमाउछु मिडिया कै लागि खर्च गरिरहेको छु । किसनले बताए ।
युएसखबर अनलाईन र युएसखबर पाक्षिक पत्रीका मार्फत नेपाली भाषी अमेरिकनहरु माझ लोकप्रीय भएका किसन दाङका एफ एम स्टेसनहरुमा फेरि पनि गुन्जिन थालेका छन । आफू जन्मेको माटो प्रतिको मायाले गर्दा स्थानिय एफ एम हरुबाट पनि आफ्ना प्रस्तुती राख्ने अभिप्राय ले दाङका पुराना साथीहरु सँग मिलेर रोल नम्बर थ्री भन्ने लोकप्रीय कार्यक्रम संचालन गर्ने गरेका छन ।

अष्ट्रेलियामा बस्ने समीर आचार्य , तुल्सिपुरमा बस्ने वसन्त बिवस आचार्य अनि अमेरिकामा बस्ने किसन रेग्मिको सयुक्त प्रयासबाट सुरु भएको कार्यक्रम रोल नम्बर थ्री नेपाली एफ एम पारखीहरुका लागि निक्कै लोकप्रीय कार्यक्रम साबित भैसकेको छ ।

मिडियामा निरन्तरता खोज्ने किसन अमेरिकामा पुगेर पनि सफल मिडिया कर्मी बन्ने बाटोमा छन । उनको सफलताको कामना ।