काठमाण्डौ, १९ भदौ ।
बहिर्गमित जनमुक्ति सेना नेपालका सचिव सञ्जय जर्घामगरको डिल्लीबजार कारागारभित्रै मृत्यु भएको छ । मकवानपुरको भैसे घर भएका मगरलाइ भक्तपुरको गठ्ठाघरस्थित प्रविण आयल स्टोर सञ्चालनमा ठगी गरेको आरोपमा प्रहरीले गत साउन ९ गते पक्राउ गरेको थियो ।
२४ वर्षीय जर्घामगरको स्वास्थ्य पहिलेदेखि नै बिग्रिए पनि कारागार प्रशासनले उपचारका लागि अस्पताल नलगेकाले मृत्यु भएको बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टले बताउनुभयो । कारागार प्रशासनले भने जर्घामगरको हृदयघात भएर मृत्यु भएको जनाएको छ ।
शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । बहिर्गमित जनमुक्ति सेना नेपालका प्रवक्तासमेत रहेका जर्घामर्गरको बिहे गर्ने तयारीस्वरुप टीकाटालो समेत भइसकेको थियो ।।
