अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले नेपाल क्रिकेट सघंमाथि लगाएको आगामी नौ महिनाभित्र प्रतिवन्ध हट्ने बताएको छ । यो अवधिमा क्रिकेट संघको विधान पुनरावलोन गरी नयाँ निर्वाचन गरिसक्ने उसको लक्ष्य छ । आईसीसीले क्रिकेट संघको विधान पुनरावलोनका लागि सल्लाहकार समिति गठनको घोषणा गरेको छ ।Cricket1-e1441789990740

नेपाल भ्रमणमा रहेका आइसीसीका सीइओ डेभिड रिचर्डसनले आज पत्रकार सम्मेलन गरी सल्लाहकार समिति गठनको जानकारी दिएका हुन् । समितिमा रहनेहरुको नाम भने दुई साताभित्र घोषणा गरिने छ । यसको नेतृत्व अहिले अमर शेखले गर्नेछन् । आइसीसीका तत्कालीन ग्लोबल डाइरेक्टर टिम एण्डरसनको स्थानमा अर्को व्यक्ति आएपछि उनले यसको नेतृत्व गर्नेछन् ।।