दीपबहादुर घर्ती
जाजरकोट, १९ भदौं । एक छात्रासंग १५ सय रुपैया नभएपछि जिल्लाको एक विद्यालयले प्रवेशिका परिक्षाको सर्टि्फिकट दिएको छैन् । विद्यालयवाट सर्टि्फिकट नपाएकी छात्रा जिल्ला सदरमुकाम खलंगामा भौतारी रहेकी छन् ।टालेगाउँ ४ कि निर्मला सिंहले विद्यालयले निर्धारण गरेको १५ सय रुपैया तिर्न नसकेपछि मान्ने ढुङ्गा उच्च माध्यामिक विद्यालय टालेगाउँले प्रवेशिका परिक्षाको सर्टि्फिकट नदिएको हो । sis१६ वर्षिय निर्मला सिंहले विद्यालयवाट सर्टि्फिकट नपाएपछि सदरमुकाम खलंगामा रहेको सोनिका होटेलमा भाँडा माझ्ने काम गरिरहेकी छन् ।१० वर्ष पहिला नै वुवा गुमाई सकेकी निर्मलाले अर्काको घरमा आश्रित भएर कक्षा १० सम्म अध्ययन गरेको वताईन् । उनले ५ वर्ष पहिला दोश्रो विवाह गरेकी आमा जयकला सिहंको घरमा आश्रित भएर भएर हाल सम्मको पढाई भ्याएको वताईन् ।घरमा दुई दाई र दुई भाउजु भएपछि उनीहरुले आफ्नो पढाईका लागि कुनै ध्यान नदिएको निर्मलाले आरोप लगाईन । दाई भाउजुको लाप्रवाहीका कारण १४ वर्षिय भाई कक्षा ९ को पढाईलाई छोडेर कालापहाड जानु परेको उनले वताईन् ।

विद्यालयवाट सर्टि्फिकट प्राप्त गर्न सकेको भए सदरमुकामकै होटेलमै काम गर्दै आफ्नो पढाईलाई पनि खलंगगामै जोड्ने सोच रहेको निर्मलाले वताईन् । पैसाको अभावमा सर्टि्फिकट प्राप्त गर्न नसकेकि निर्मलाले अन्ततः कित व्यटी पालर तालिम लिने, कित कुक तालिम लिएर एक व्यवसायमा लाग्ने अन्तिम इच्छा रहेको वताईन् । त्यसका लागि पनि उपयुक्त अवसरको खाँचो रहेको वताउदै निर्मलाले अवसरको खोजी गरि दिन सवैसंग आग्रह गरेकी छन् ।