इन्द्रेणी संवाददाता
घोराही, १६ बैशाख । यस आर्थिक वर्षमा दाङमा झण्डै ५६ विघा जमिनमा माछापोखरी विस्तार गरिने भएको छ । ‘मत्स्य उत्पादन विशेष कार्यक्रम’ अन्तर्गत मत्स्य विकास निर्देशनालय हरिहर भवन काठमाण्डौको सहयोग तथा जिल्ला कृषि विकास कार्यालय दाङको अनुगमण तथा प्राविधिक सहयोगमा यस वर्ष जिल्लामा ३७.१३ हेक्टर अर्थात ५६ विघा जमिनमा नयाँ माछापोखरी विस्तार गरिने भएको जिल्ला कृषि विकास कार्यालय दाङले जनाएको छ ।
सरकारले दाङ जिल्लालाई मत्स्य उत्पादनको विशेष क्षेत्र बनाउने कार्यक्रम अन्तर्गत घोषणा गरेको मत्स्य पकेट क्षेत्र अन्तरर्गत दाङमा नयाँ माछापोखरी निर्माण गर्न लागिएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक प्रेम चौधरीले जानकारी दिनुभएको छ । कार्यालयले नयाँ माछापोखरी निर्माण गर्नका लागि प्रतिहेक्टर तीन लाख रुपैया अनुदान रकम दिने भएको छ । जिल्लामा यसवर्ष अनुदानमा ३१ जना किसानहरुले नयाँ माछापोखरी निर्माण गर्ने भएको छन । यहि असार मसान्त सम्म पोखरी निर्माण गरि सक्ने गरी किसानहरुसँग सम्झौता भएको समेत चौधरीले बताउनुभएको छ ।
त्यस्तै माछापालनमा किसानहरुलाई सहज बनाउनका लागि कृषि इन्जीनिरङको सहयोगमा दश जना नयाँ किसानहरुलाई ५० प्रतिशत अनुदानमा प्राविधिक उपकरण समेत अनुदानमा सहयोग गर्ने भएको छ । एक हेक्टर बढि जमिनमा माछापालन गरेका किसानहरुलाई माछापालनमा सहयोग पु¥याउने उद्देश्यले दश जना किसानहरुलाई छनोट गरेर पावरटेलर टेक्टर,अक्सीजन खवाउने उपकरण,पोखरीको हिलो तान्ने यन्त्र (पम्पसेट),पानी तान्ने मेसिन सहयोग गर्ने कार्यक्रम कार्यालयसँग रहेको प्राविधिक चौधरीले जानकारी दिनुभएको छ । अहिले सम्म नयाँ पोखरी निर्माण कार्यक्रम अन्तर्गत जिल्लामा झण्ठै अनुदानमा ४० हेक्टर जमिनमा माछापोखरी विस्तार गरिएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०६८/०६९ सालदेखि सुरुभएको थियो । अहिले अनुदानमा निर्माण गरिएका पोखरी,व्यक्तिगत लगानीमा निर्माण गरिएका माछापोखरी,तालहरुमा गरी एक सय बढि जमिनमा माछापालन भैरहेको चौधरीले जानकारी दिनुभएको छ । त्यस्तै कार्यालयले नयाँ पोखरी निर्माण गरेर माछापालन गर्ने किसानहरुलाई माछाका भुर्राहरु निशुल्क रुपमा समेत ल्याईदिने गर्दै आएको कार्यालयले जनाएको छ । जिल्लामा माछाका भुर्रा उत्पादन गर्ने ह्याचरी नहुदा अहिले बाँकेको समशेरगंज लगायतका स्थानहरुवाट माछाका भुर्राहरु किसानहरुले ल्याउनुपर्ने बाध्यता रहेको छ ।