घोराही, १९ भदौ
हिन्दु नारीको महान पर्व हरितालिका तीज, आज हर्षोउल्लासका साथ मनाइँदैछ । हरितालिकाको अबसरमा देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुँईचो लागेको छ ।दाङका बिभिन्न शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थी महिलाको घुँईचो लागेको छ । हरितालिकाको अबसरमा सरकारले आज महिलालाई सार्बजनिक विदा समेत दिएको छ । teejसत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएको विश्वासमा नारीहरु मनोकामना पुरा हुने आकांक्षा सहित व्रत बस्ने गर्दछन् ।आजको दिन अविवाहित महिलाले सुयोग्य पति र विवाहित महिलाले पतिको सुस्वास्थ्य, दिर्घायु र पारिवारिक खुसीको कामना गरी निराहार व्रत बस्ने प्रचलन छ ।

हरितालिकाको दिन अटल सौभाग्यको प्रतिकस्वरूप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्णपात्र गरेर व्रत तोड्ने परम्परा छ । भाद्र शुक्ल द्वितियाका दिन गएराति दर खाई आज तृतीयाका दिन सुरु हुने तीज पर्व पञ्चमीको दिन अरुन्धत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।