१९ भदौ ।
अफगानिस्तानको जाबुल प्रान्तमा आज बस र इन्धन बोकेको ट्यांकर ठोक्किँदा ३६ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २८ जना घाइते भएका छन् । दुर्घटनाका कारण आगो लागेको र महिला तथा बालबालिकासहित धेरै व्यक्तिको शरीर नचिनिने गरी जलेका छन ।bides

कान्दाहारबाट काबुलतर्फ गइरहेको अवस्थामा यात्रु बस इन्धन ट्यांकरसँग ठोक्किएका थिए । जाबुलका प्रहरी उपप्रमुख गुलाम जिलानी फराहीका अनुसार घाइतेहरुलाई प्रान्तीय केन्द्र कलात र छिमेकी कान्दाहार प्रान्तका अस्पतालमा उपचारका लागि लगिएको छ ।।