रेखा मगर
दाङ, १७ भदौ ।
आउँदै गरेका चावपर्वलाइ लक्षित गरी दाङ प्रहरीले शान्ति सुरक्षामा कडाइ गरेको वताएको छ । हिन्दु महिलाहरुको हरीतालिका तीज, दशै तिहार लगाएतका चाडपर्वमा हुन सक्ने चारी, झै झगडा, अराजक गतिविधी र लुटपाटलाइ नियन्त्रण गर्न भन्दै प्रहरीले विशेष सुरक्षा योजना ल्याएको वताएको छ ।
चाडपर्व विशेष सुरक्षा योजना अन्तर्गत प्रहरीले केहि दिन पहिले देखी गाउँदेखी शहरसम्म प्रहरी परिचालन गरेको दाङका प्रहरी प्रवक्ता डिएसपी प्रकाशराज शर्माले जानकारी दिनुभयो । विशेष सुरक्षा योजना अन्तर्गत प्रहरीले रातको समयमा हाइवय सुरक्षा वढाउनुका साथै टोल–टोलमा पुगेर सुरक्षा दिदै आएको उहाँले वताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय दाङको मातहतमा रहेर जिल्लाका प्रहरी युनिटहरु आफनो क्षेत्रमा शान्ति सुरक्षाका लागी खटिन निर्देशन समेत दिइएको छ । तीजका अवसरमा भइरहेका नाँचगानलाइ राती ११ वजेसम्म मात्र चल्न दिएको वताउँदै प्रहरीले आफ्नो गाउँ, टोल र वजार क्षेत्रमा अराजक गतिविधि भएको पाइएमा १०० नंवरमा फोन गरेर जानकारी दिन नागरीकलाइ आग्रह समेत गरेको छ ।
रतको समयमा नाँचगानका गर्दा झै झगडा र महिलामाथि दुव्र्यवहार हुन सक्ने भन्दै ११ वजेपछि ननाँच्न पनि आग्रह गरेको छ ।।