घोराही १७ भदौ । नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले दाङको घोराहीमा रहेको राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने काम अत्यन्त मन्द गतिमा भएकोमा सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
संसदको बिहीवार बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवकोटाले तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारका पालामा राप्ती उपक्षेत्रीय अस्पताललाई मेडिकल कलेज गराउने गरी आर्थिक वर्ष २०७२/०७३को बजेट समेत छुट्टाईएको थियो तर प्रधानमन्त्रि केपी शर्मा वलीको सरकारले त्यस सम्बन्धि कुनैपनि काम अगाडी नबढाएको बताउदै सो निर्णय कार्यान्वयन गर्नका लागि माग गरेकी हुन् ।
‘केपी शर्मा ओली नेतृत्वको सरकारले राप्ती उपक्षेत्रीय अस्पतालको स्तरवृद्धिमा असर पुग्ने गरेर बजेटमा भारि कटौती गरेकाले अहिलेको सरकारसँग राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागी अगाडी बढ्न सरकारसँग अनुरोध गरेकी थिईन् ।
अस्पतालका लागि जिल्लावाट घोराही नंपा वार्ड नं ५ को १९ विगा जग्गा पनि उपलब्ध गराउने निर्णय गरि सकिएको उल्लेख गर्दै उक्त ऐलानी जग्गालाई प्रतिष्ठानको नाममा गरिदिन माग उनकोमाग थियो । राप्ती उपक्षेत्रीय अस्पताल एक सय बेडको रहेको छ ।
अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनका लागी थप २ सय बेडको माग ससमेत गरेकी थिईन् । राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने शुसील कोईराला सरकारको निर्णयलाई उल्ट्याउने गरी ओली सरकारका अर्थमन्त्री विष्णु पौडेलले रकम कटौती गरेर आफ्नो गृह जिल्ला रुपन्देहीमा ल्याएको समेत सांसद देवकोटाले बैठकमा जानकारी दिएकी थिईन् ।
उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि छिटो भन्दा छिटो स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन संसदमा पेश गर्न माग गरेकी थिईन् । दाङ जिल्ला लगायत मुलुक भरिका अस्पतालहरूमा विषेशज्ञ चिकित्सकहरू अभाव रहेको बताउँदै कांग्रेस सांसद देवकोटाले बिशेष बैठकमा भनिन् ‘विशेषज्ञ डाक्टरहरू छिटोभन्दा छिटो अस्पतालहरूमा पठाउनु पर्छ ।’
राप्ती उपक्षेत्रिय अस्पतालको जग्गामा निर्माण भएको आइएनफ को भवन अस्पताललाई आवश्यक परेकोले आइएनफलाई भवन खाली गराउन समेत माग गरेकी थिईन् ।
