नवराज न्यौपाने
जाजरकोट, १६ भदौ ।
जिल्लाको पजारु गाविस वडा नं. ३ की २१ वर्षिय रमिता बुढाको प्रसुती हुन नसक्दा मृत्यु भएको छ । लामो समय सम्म व्याथा लागे पछि उनको उपचार गर्न नेपालगञ्ज लैजाने क्रममा दशेराको खारा स्थित मृत्यु भएको हो ।
गाउँमै रहेको स्वस्थ्य चौकिमा उपचार गरे पनि अवस्था गम्भीर भएपछि बुधबार नेपालगञ्ज तर्फ लिने क्रममा खारामा मृत्यु भएको समाजसेवी लालबहादुर महतराले वताए । प्रसुती व्यथा लाग्नु पुर्व ज्वरो आयो र उपचार गर्दागर्दै स्याँ स्या बढ्दै गएपछि रमिता रमिताको थप उपचारका लागि नेपागञ्ज तिर लिदै गर्दा वाटोमै मृत्यु भएको महतराले जानकारी दिए ।
२१ वर्षे रमिताको मृत्युले परिवार लगाएत सबैलाई स्तव्ध तुल्याएको छ । नवजात शिशु तथा सुरक्षित मातृतीत्वको व्यवस्था नहुदा स्थानीय स्तरमा यस्ता घटना दिनानु दिन घट्ने गरेको स्थानियहरुको भनाई छ ।
जिल्लाका विकट गाउँ वस्तीका थुप्रै महिलाहरु रक्त अल्पता लगाएत यस्ता समस्याहरुबाट प्रताडित भईरहेको महतराको भनाई रहेको छ । ग्रामिण स्तरको स्वास्थ्य सेवालाई प्रभावकारी वनाउन सरकार जिम्मेवार वन्नु पर्ने महतराको भनाई छ ।।





