दाङ ,१६ भदौ । तुलसीपुरमा एकजना आमाले आफ्नो संतानलाई विष खुवाएर आफुले समेत विष खाएर आत्महत्या गरेकी छन । आमाको मृत्यु भएपनि छोराको भने कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारी अनुसार तुलसीपुर ९ दोघरे निवासी २६ वर्षीया हिमा थापाले ५ वर्षीय छोरा प्रदिप थापालाई विष खुवाएर आफुले पनि विष खाएकी थिइन । विष खाएर गम्भिर अवस्थामा राप्ती अञ्चल अस्पताल पुर्याएको उनीहरुलाई प्रारम्भिक उपचारपछि तत्काल थप उपचाका लागी बाँकेको कोहलपुर लगिएको थियो ।
उपचारका क्रममा हिमाको भने मृत्यु भइसकेको छ । तर उनका पाँच वर्षीय छोराको स्वास्थय अवस्था भने क्रमिक रुपमा सुधार उन्मुख रहेको बताइएको छ । हिमाले गत भदौ १४ गते विहान सवा १० बजेतिर पहिले छोरालाई विष खुवाएर पछि आफुले विष खाएको प्रहरीले बताएको छ ।आमा हिमाले किन आफ्नै सञ्तानलाई जवरजस्ति विष घुटाएर आफुले पनि विष खाएकी हुन भन्ने वारेमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । उनका श्रीमान भने ट्रेक्टरका चालक रहेको प्रहरीले बताएको छ ।
