रुकुम, १६ भदौ ।
स्थानीय तह पुनर्संचरना गर्दा रुकुममा ६ वटा गाउँपालिका अप्राप्त हुने भन्दै नेपाली काँग्रेस रुकुमले ११ वटा बनाउन माग गरेको छ ।
जिल्ला कार्य समिति बैठकले रुकुममा स्थानीय तह पुनर्संचरना आयोगले ६ वटा मात्र गाउँपालिका बनाउन भने पनि त्यो अप्राप्त हुने भएकाले ११ वटा गाउँपालिका बनाउनु पर्ने अवधारणा सार्वजनिक गरेको हो ।
२ दिन सम्म मुसिकोट खलंगामा बसेको बैठकले अहिले रुकुममा रहेका ११ वटा इलाकाहरुलाई नै गाउँपालिका बनाउनुपर्ने माग गरेको हो ।
