घोराही, १६ भदौ ।
नेकपा एमाले दाङको १२ औं जिल्ला अधिवेशनका लागि भोली भदौ १७ गते शुक्रबारका दिन प्रतिनिधि चयन गरिने भएको छ । नेकपा एमाले दाङ जिल्ला अध्यक्ष जोगवहादुर राना र संगठन विभाग प्रमुख हिराचन्द्र केसीले विहीबार प्रेश विज्ञप्ती प्रकाशित गरी जिल्ला व्यापी रुपमा प्रतिनिधी छनौटमा सहभागि हुन आम संगठित सदस्यहरुलाई आग्रह गर्नुभएको छ ।
प्रतिनिधि छनौट गर्दा गाविसले गाविसस्तरिय भेला गर्ने र नगरपालिकामा वडास्तरिय भेला गरेर प्रतिनिधि छनौट गर्नका लागि यस अघि नै निर्देशन गरिसकिएको भन्दै विज्ञप्तीमा सोही अनुरुप प्रतिनिधि छनौट गर्न भनिएको छ ।
प्रतिनिधी छनौट गर्दा महिला र दलित सदस्यहरुको हकममा चार जना बरावर एक जनाका दरले र अन्य सदस्यहरुको हकमा सात जना बरावर एक जना प्रतितिधी छनौट गर्ने व्यवस्था गरिएको छ । यस्तै मुस्लीम र अल्पसंख्यकको हकमा दुई जना बरावर एक जनाका दरले प्रतिनिधी छनौट गर्न भनिएको छ ।
जिल्ला अधिवेशनको काम तिव्र रुपमा अघि बढेको भन्दै विज्ञप्तीमा केही दिन यता केही भ्रमपूर्ण प्रचार गरिएको भएपनि त्यस्तो भ्रममा नपर्न आग्रह गरिएको छ ।।