दीपक शर्मा  / बर्दिया
पत्रकारीता पेशा रहरको पेशा नभएको क्रियाशिल पत्रकार महिला ( wwj )  का अध्यक्ष सुभेच्छा विन्दु तुलाधरले बताउनु भएको छ । बर्दियाको गुलरियामा क्रियाशिल पत्रकार महिला जिल्ला शाखा बर्दियाले आयोजना गरेको सुचनामा महिला सन्चारकर्मिको पहुच विषयका विचार गोष्ठिमा तुलाधरले सो कुरा बताउनु भएको हो ।

pressपत्रकारिता पेशा दाल भात खाए जस्तो सजिलो नभएको हुदा यो पेशाको हरेक मोडमा चुनौति मात्रै रहेको बताउदै पत्रकार महिलाहरुले पनि छुटटै पहिचान बनाउन आवश्यक रहको बताउनु भयो । महिला पत्रकार पुरुष कै कारणले पछाडि नपरेतापनि उसको क्षमता उसको सहभागीता क्रियाशिलता र समाजले हेर्ने दृष्टिकोणका कारण पनि महिला पत्रकारहरु व्यवसायीक वन्न नसकेको दावि गर्नु भयो ।

महिला पत्रकार बन्छु भनेर खटिएपछि स्रोत साधनका कारण पनि पछाडि परेको बताउदै पुरुष पत्रकार साथि सग समन्वय गर्दा समाजले कुरा काटने गरेका कारण पनि मोफसलका महिला पत्रकार फस्टाउन नसकेको बताउनु भयो । समाचार वनाउनका लागी मेहनेत गर्नु पर्ने समाचार अथवा सुचना माग गर्दा नियम प्रकृया अनुसार त्यसको दुरुपयोग नगरि समाचार सम्प्रेसन गर्नु पर्ने हुदा त्यसका लागी सम्वन्धित निकायमा नियमित सम्पर्कमा रहदा पनि सुचना सहज रुपमा पाउन सकिने कुरामा समेत उहाले जोड दिनु भयो ।

प्रेश काउन्सिलका सदस्य समेत रहनु भएका सुभेच्छा विन्दु तुलाधरले पत्रीका वर्गिकरणका कुनै भाग बन्डा नहनु बताउदै अव प्रेश काउन्सिलले स्व मुल्याकन परिपाटिलाइ अगाडि बढाउने समेत जानकारी दिनु भयो । सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले सुचना माग गरेमा पत्रकार मात्र होइन आम नागरिकलाइ समेत सहजै उपलव्ध गराउदै आएको बताउनु भयो । जिल्लामा महिला पत्रकारको कमिका कारण अझै पनि महिलाका वास्तविक पिडा समस्या बाहिर आउन नसकेको बताउनु भयो ।

फोन बाट माग गरिएका सुचना समय अनुसार पत्रकारलाइ फोन बाटै उपलव्ध गरिएको बताउदै पौडेलले सुचना दिने विषयमा पुरुष महिला भनेर कहि कतै नछुटयाइएको बताउनु भयो । प्रँध्यापक एव सन्चारकर्मि शंकर प्रसाद खनालले सुचनाको हक विधयेक पत्रकारलाइ मात्र होइन आम नागरिकलाइ सुचना माग गर्न सकिने व्यवस्था रहको बताउनु भयो । सार्वजनिक निकायका सुचनाले कहि कतै जोखिम नहुने बताउदै यो जति वाहिर आयो त्यति पारदर्शि हुन मद्दत पुग्ने बताउनु भयो ।
स्थानिय विकास अधिकारी तेजराज शर्माले अहिलेको युग सन्चारको युग भएको बताउदै सुचना तथा सन्चारमैत्री बनाउन आफुहरु लागी परेको बताउदै माग अनुसारको सुचना दिन कुनै कठिनाइ नभएको बताउनु भयो । पत्रकारिताको आचार सहिता भित्र रहेर राज्यका हरेका निकायका सुचना माग गर्न प्रकाशन गर्न प्रसारण गर्न ऐन भएतापनि सुचना माग नहुदा कति कुराहरु बाहिर आउन नसकेको समेत बताउनु भयो । यसमा आफुहरुको कमजोरी  भएपनि नागरिकहरु आफै सचेत हुनु पर्ने बताउनु भयो ।

नेपाली काग्रेसका  विद्याप्रसाद खनालले पत्रकारीता पेशा चुनौति पुर्ण रहेको बताउदै व्यवसायीक पत्रकारीतामा लागेकालाइ विभिन्न किसीमका समस्या भएता पनि महिला पत्रकारलाइ लालच्छना लगाउनु भन्दा पनि उनका समस्या के छन भन्ने विषयमा छलफल आवश्यक रहेको बताउनु भयो । नागरिक समाज सन्जालका सयोजक वालकृष्ण ओलीले पत्रकारीता पेशालाइ पुरुषले समेत निरन्तरता दिन नसकिरहेको अवस्थामा महिलाका लागी फलामको चिउरा सरह भएको बताउदै व्यवसायीक पत्रकारीता बनाउनका लागी अहिलेको आवश्यकता भएको बताउनु भयो ।

क्रियाशिल पत्रकार महिला जिल्ला शाखा बर्दियाका अध्यक्ष कुशम विकको सभाध्यक्षमा भएको कार्यक्रममा नेपाल पत्रकार महासघका सह सचिव मेनका चौधरी , प्रेश युनियनका अध्यक्ष विनयराज भन्डारी , गैरसरकारी सस्था महासघका अध्यक्ष विष्णु तिमिल्सिना लगायतकाले समेत बोल्नु भएको थियो । यसअघि सुचनामा महिला सन्चारकर्मिको पहुचको विषयमा जिल्लाको अवस्थाको विषयमा नेपाल पत्रकार महासघका निवर्तमान अध्यक्ष एव ववइ बहुमुखि क्याम्पसका प्राध्यापक राजेन्द्र प्रसाद धितालले प्रकाश पार्नु भएको थियो ।