चेतन रेग्मी
तुलसीपुर १६ भाद्र नेपाली कांग्रेस क्षेत्र नम्बर ५ को क्षेत्रीय बैठक आज त्यहा सम्पन्न भएको छ । क्षेत्रीय सभापती बसन्त देबकोटाको सभापतीत्वमा सम्पन्न बैठकले प्रदेश नम्बर ५को प्रतीनीधीत्व गर्दै केन्द्रीय सदस्य दिपक गीरी नेपाल सरकारको सिचाइ मन्त्री बन्न सफल भएकोमा बधाइ दीएको छ ।त्यसका लागी मन्त्री गीरीलाइ यही भदै महीना भीत्रै श्रीगाउमा क्षेत्रीय
स्तरको कार्यक्रम गरी बधाई दीने निर्णय गरेको छ ।
त्यस अबसरमा क्षेत्रनंंबर ५को समग्र बिकासका लागी ज्ञापन पत्र समेत बुझाउने कार्यक्रम तय भएको जनाइएको छ । त्यस्तै बैठकले आफ्नो क्षेत्रभित्र पर्ने सम्पूर्ण स्थानमा पार्टी सम्पर्क कार्यालय खोल्ने र हालसालै नीधन भएका पार्टी कार्यकर्ताहरु प्रती समबेदाना प्रकट गर्ने नीर्णय गरेको क्षेत्रीय सचीव जीवराज शर्माले जानकारी दिनुभएको छ ।











