दाङको बिजौरी ९ स्थित प्रावि तिनाउखोलाका प्रअ प्रेमबहादुर वलीलाई प्रहरीले पेस्तोल सहित पक्राउ गरेको छ। प्रहरीले बिशेष सुराकीको आधारमा एक थान नलकटुवा पेस्तोल र गोली सहित भदौ १४ गते उनकै घरबाट पक्राउ गरेको हो ।
हतियार सहित पक्राउ परेका प्रअ वलीलाई खरखजना ऐन अन्तरगत मुद्दा चलाएको दाङ प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए । राप्ती टुडेमा खबर छ ।
