दाङ १६ भदौ ।
दाङ जिल्लाकै नमुनाको रुपमा रहेको स्वास्थ्य चौकी सिसहनियाले मानसिक स्वास्थ्य प्रबर्धनको समेत उपचार सेवा दिन सुरु गरेपछि देउखुरीका विरामीहरुलाई सहज भएको छ । मानसिक स्वास्थ्य सम्बन्धी समस्या भएका विरामीहरु त्यसक्षेत्रमा बढेको पाईएपछि सिभिक्ट नेपालको सहयोगमा स्वास्थ्य चौकी सिसहनियाले मानसिक स्वास्थ्य सम्बन्धी उपचार सेवा सुरु गरेको हो ।health

सन् २०१५ देखि स्वास्थ्य चौकीले सुरु गरेको मानसिक स्वास्थ्य सम्बन्धी सेवा अन्र्तगत एक वर्षको अबधीमा मात्र एक सय ५१ जना विरामीहरुले उपचार लिएका छन । फिनल्याण्ड सरकारको सहयोगमा सिभिक्ट नेपाल मार्फत स्वास्थ्य चौकी सिसहनियाले मानसिक स्वास्थ्य प्रबर्धनको क्षेत्रमा काम गर्दै आएको छ । कार्यक्रम अन्र्तगत सिभिक्ट नेपाल नामक सस्थाले स्वास्थ्य चौकीमा केहि कर्मचारीहरु राखेर मानसिक समस्या भएका विरामीहरुको उपचारको लागि काम गर्दै आएको हो ।

सिभिक्टले स्वास्थ्य चौकी सिसहनियामा गरेका कामहरुको बारेमा आज मानसिक स्वास्थ्य प्रबर्धन समितिका सदस्य एब जिल्लाका विभिन्न सरकारी कार्यालयका कर्मचारीहरु र सहयोगी दातृ निकाय पिएसआर फिनल्याण्डका मुल्याङकनकर्ता र पत्रकारहरुले अनुगमन गरेका छन ।।