काठमाण्डौ, १६ बैशाख
दाङको घोराहीस्थित राप्ती उपक्षेत्रिय अस्पताललाई स्वास्थ्य विज्ञानको रुपमा विकास गर्न सरकारका मन्त्री तथा शिर्षस्थ नेतृत्वले प्रतिवद्धता जनाएका छन् ।दाङवाट राजधानी पुगेको एक प्रतिनिधि मण्डलले विभिन्न मन्त्रालय, सरकारका मन्त्री, सांसद तथा सभामुखसंग भेटघाट गर्दै छलफल अघि वढाएको छ ।

dddd

टोलीले स्वास्थ्य मन्त्री रामजनम चौधरी, सभामुख ओनसरी घर्ती, वन तथा भुसंरक्षण मन्त्री अग्नीप्रसाद साप्कोटा, कानुन मन्त्री अग्नी खरेल, सामान्य प्रसासन मन्त्री रेखा शर्मा, पूर्व सूचना तथा सञ्चार मन्त्री शंकर पोख्रेल, पूर्व अर्थमन्त्री वर्षमान पुनसंग उपक्षेत्रीय अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्नेवारे छलफल गरेको हो ।

साथै उहाँहरुले अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यहि विषयमा आज टोलीले स्वास्थ्य मन्त्रालय र वन वन मन्त्रालयमा पुगेर भेटघाट तथा छलफल प्रक्रिया अघि वढाउने भएको छ । टोलीले आज प्रधानमन्त्री केपी शर्मा वली, अर्थमन्त्री विष्णु पौडेल, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवा लगाएत शिर्षस्थ नेतृत्वलाई भेटघाट गर्दै छ ।

सरकारले गत वर्ष राप्ती उपक्षेत्रीय अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने घोषणा गरेको थियो । तर, शिक्षण अस्पतालको रुपमा विकास गर्न प्रकृया झञ्जटिलो हुने भएकाले जिल्लाका सबै सांसदहरुले प्रतिष्ठानको रुपमा विकास गर्नुपर्ने माग गरेका थिए । त्यसका लागि जिल्लावाट प्रतिनिधित्व गर्नै सबै सांसदहरुले हस्ताक्षर सहित ज्ञापन पत्र बुझाएका थिए ।

सांसद योगेन्द्र चौधरीको पहलमा स्वास्थ्य मन्त्रालयवाट स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने औपचारीक पहल सुरु भएको र अहिले मन्त्रालयले स्वास्थ्य विज्ञानन प्रतिष्ठान वनाउन अध्ययनका लागि कार्यदल गठन गरेको छ । सो कार्यदलले स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेक, स्थलगत अवलोकन लगाएत अन्य कामहरु गरीरहेको जानकारी दिएको छ ।

डेलिगेसन टोलिमा सांसद योगेन्द्र चौधरी, पूर्व सभासद शान्ता चौधरी, राप्ती उपक्षेत्रीय अस्पताल विकास समितिका अध्यक्ष नारायण अधिकारी, अस्पताल विकास समितिका सदस्य विवेक श्रेष्ठ, नेपाली काँग्रेसका जिल्ला सभापति कीर्तिबहादुर खड्का, नेकपा एमालेका पूर्व अध्यक्ष लक्षमण आचार्य, एकीकृत नेकपा माओवादीका जिल्ला उपाध्यक्ष निर्मल आचार्य, राप्ती उपक्षेत्रिय अस्पतालका मेडिकल सुपरिटेनडेन्ट डा. जनादर्शन पन्थी, दाङ उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज वञ्जाडे, पत्रकार दशरथ घिमिरे लगाएतको सहभागिता छ ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानको विद्येक संसदको वर्षे अधिवेसन वाट पारित गर्न, जग्गा भोगाधिकार प्राप्तीको विषयलाई प्रमुख रुपमा उठाउनका लागि प्रधानमन्त्री देखि दलका शिर्ष नेताहरुलाई भेटघाट थालिएको डेलिगेसनमा सहभागी नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले जानकारी दिनुभयो ।।