दिपक शर्मा / बर्दिया 
गुलरिया १५ । हिन्दु नारिहरुको महान पर्व हरितालिका तिजमा देखिएको विकृतिलाइ अन्त्य गर्नको लागी सवैले आ आफनो क्षेत्रमा पहल गर्नु पर्ने बर्दियाको गुलरियामा आयोजना गरिएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन । बर्दियाको गुलरियामा क्रियाशिल पत्रकार महिला जिल्ला शाखा बर्दियाको आयोजनामा सन्डे क्लव अन्ग अन्तर्गत  तिजमा देखिने विकृती विषयक छलफल कार्यक्रमका सहभागीले  सो कुरा बताएका हुन ।

teejकार्यक्रममा स्थानिय विकास अधिकारी तेजराज शर्माले पाश्चात सस्कृतिले जरा गाडदै गएका कारण नेपालको मौलिक सस्कृति परम्परा समेत धरापमा परेको बताउनु भयो । तिजमा विगतको समयमा नारिका पिरमर्का दुख वेदना सगै सन्देश मुलक गित गाउने बज्ने गरेको अवस्थामा आज भोली घर परिवारका सदस्यहरु सगै वसेर तिजका गीत हेर्न र सुन्न समेत अप्ठेरो भैसकेको उहाले बताउनु भयो ।

नेपाल महिला सघका अध्यक्ष सुसीला गीरीले श्रीमानको दिर्घायुको कामना गरि वसीने तिजको व्रत आफनो दक्ष अनुसार मनाउनु पर्ने बताउदै श्रीमानको खुटटा धोएर पानि पिउनु आवश्यक नभएको बताउदै आफनो सरिर नै जोखिममा पारेर ब्रत वस्नुको कुनै अर्थ नरहेको बताउनु भयो । नेकपा एमालेका इन्द्र रावलले अहिलेको अवस्थामा तिज भडकिलो भएको बताउदै यसलाइ कावुमा राख्न नसके भोलीका दिनमा मौलीक तिज हराउने बताउनु भयो , साथै उहाले तिज आउन दुइ महिना पहिले देखि नै तिजका गीत टिभि रेडियोमा बज्ने गरेका कारण पनी तिज भडकिलो हुदै गएको बताउनु भयो ।  जिल्ला शिक्षा कार्यालय बर्दियाका जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले अहिलेको तिज विकृति हो वा सुकृति यसलाइ पहिचान गर्न जरुरी भएको बताउनु भयो साथै उहाले तिजले गरीब र धनिको दुरीलाइ अझ टाढा बनाउने कार्य गरेको दावि गर्नु भयो । महिला तथा वालवालिका कार्यालयका महिला विकास अधिकृत गीरा वस्नेतले पुरुष प्रधान समाजकै कारण महिलाहरुलाइ समस्या भएको बताउनु भयो ।

साथै उहाले विभिन्न स्थानमा हुने तिज कार्यक्रममा जवरजस्ती कार्यालयबाट चन्दा माग गरीएको बताउदै यसलाइ अन्त्य गर्न आवश्यक भएको बताउनु भयो । साथै अनावश्यक गरगहना लत्ताकपडा किनेर लगाउने यसले गर्दा पनि तिजमा विकृति आएको बताउनु भयो । नागरिक समाज सन्जालका सयोजक वालकृष्ण ओलीले तिज पर्वलाइ एकताको रुपमा अगाडि बढाउने बताउदै तडक भडक हुने कुरा सामान्य भएपनि यसलाइ आफनो सस्कृति र परम्परालाइ लत्याउन नहुने भन्दै तिजको दिनमा महिलालाइ मात्र हैन पुरुषलाइ पनि विदा दिनु पर्ने बताउनु भयो ।

क्रियाशिल  पत्रकार महिला  जिल्ला शाखा बर्दियाका अध्यक्ष कुशुम विकको सभापतित्वमा भएको कार्यक्रममा  , जिल्ला पशु सेवा कार्यालयको सहयोग तथा फूलवारी एफ.एम.को समन्वयमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नेत्रमणि गीरी, जिल्ला पशु सेवा कार्यालयका प्रमुख कृष्णकान्त न्यौपाने , नेपाल पत्रकार महासघका सचिव यादव आचार्य , प्रेस चौतारी नेपालका अध्यक्ष डिल प्रकाश गौतम , प्रेस सेन्टर नेपालका अध्यक्ष मेनका चौधरी प्रेश कलव नेपालका अध्यक्ष यमनाथ घिमिरे लगायतकाले समेत बोल्नु भएको थियो भने कार्यक्रममा तिजको महत्व र अहिलेको अवस्थाका विषयमा बबइ बहुमुखि क्याम्पस बर्दियाका प्राध्यायापक एव बर्दियाली साहित्य समाजका सस्थापक अध्यक्ष राजेन्द्र प्रसाद धितालले प्रकाश पार्नु भएको थियो ।