कुशुम  वि.क/बर्दिया

जिवनका धेरै कथा मध्ये एउटा यस्तो कथा छ । जुन म कसरी यी शब्दमार्फत व्यक्त गरु संसारका धेरै खुशी मध्ये को यो एउटा पिडा मेरा लागि सधै आँखा  अगाडि आई रहेको छ । सदा आइरहन्छ तर सधै यसै कुसे औसीका दिन सबैका लागि खुशि उमंग र हर्षको दिन हुन्छ । सबैले खुशि मनाउन्छन् । प्रसङग हो बुवाको मुख हेर्ने दिन।
kusum
मलाइ थाहा छ म जन्मेदेखि मेरो आमा बाबा ले धेरै दु ख गर्नु भएको छ सबैभन्दा त ठुलो कुरा यस संसारमा ल्याउनु भएको छ । मलाई यस संसारमा बाँच्न  सिकाउनु भएको छ । यहि नै ठुलो कुरा हो । बाबाले दिएको त्यो माया आमाको त्यो प्यारो काख नै मेरो लागि स्वर्ग हो । हुकुर्दै गर्दा र घरको पहिलो पाठशाला शिक्षा पछि  मलाइ मेरा बाबा आमाले नै हो स्कुल जाउ नानु पढ्नु पर्छ  पढेर ठुलो मान्छे बन्नु पर्छ ।भन्दै स्कुल छाडेर घर आउनु हुन्थियो दैनिकी स्कुल टाइममा सधै कहिले बाबा कहिले आमा त कहिले दिदिले सधै यसरी नै पुराउने गर्नू हुन्थ्यिो ।

म आफैमा घमन्डी भन्नु या चकचके भन्नु कहिल्यै पनि स्कुल जाने बेलामा जान मन नगर्ने सधै घरकाले स्कुल छोडेको थोरै समय नहुदै घर आइ पुग्थिय । मेरो त्यो बानी देखेर गाउ घरमा सबै जना कुरा गर्थे रे यो नपढ्ने भइ। यो काम नलाग्ने भइ । भनेर कहिलेकाही त स्कुल नगई बाटोमै नै दिनभरको समय बिताएर साझ स्कुल बिदा भएको समयमा सबै साथीभाइ घर फर्कने बेलामा घर आउर्थे ।

म हुर्किदै गए म नि पढ्नु पर्छ भन्ने सोच थियो तर म दलितको छोरी रे मेरा बाबा आमा दलित रे स्कुल जादा नि ठूला भनाउदा हरुले अब दलितले नि पढ्न लागे दलितले नि पढेर ठुलो मान्छे बन्ने रे यस्ता कुरा जुन विद्यालयमा हामी शिक्षा लिन जान्थियौ त्यसै बिद्यालयका शिक्षक शिक्षिकाले कानेखुसी गरेको सुनिन्थो  कुरा थियो २०५३,५४ सालतिरको स्कुलमा एक जना दलित समुदायका दाजु उहाले गाममा पहिलो चोटी मै एस एल सी पास गर्नु भाको थियो उहालाई त्यसै विद्यालयमा शिक्षक राख्ने कुरो चलेको बेला यस्ता कुरा गरेका अझ अब त दलित लाई नि नमस्कार गर्नु पर्ने भयो भनेर समेत भन्न पछि परेन त्यो समुदाय कत्ति सम्म सभ्य ठानु मेरो समुदायको त्यो प्राथमिक तहको विद्यालय ।

म कुसुम बि क मेरो घर त्यहि समुदाय पर्छ हाल म बर्दियाको सदरमुकाम मा बसेर  पढाइ सगै सानो तिनो काम गर्छु । म त्यहि समाज मा नै हुर्किएर आएकी हु मेरा बाबा पहिले देखि नै रक्सि खाने झगडा गर्ने मा एक नं मा नै राखे हुन्छ ।उहाको  नाम उहालाई कहिले पनि छोराछोरीलाइ पढानु पर्छ मैले नि यस्तो गन्नु हुन्न भनेर थाहा थियो होला तर पनि सधै यस्तै नै गर्नु हुन्थियो । त्यो उहाको दैनिकी थियो । अरुका बाबाले चाडपर्व आउदा लुगा कपडा ल्याइदिनु हुन्थियो हाम्रो घरमा बाबाको आर्थिक स्रोतको अरु कुनै पाटो नभएर पनि होला हामी चाहि वर्षको एक चोटी कपडा ल्याउने गर्थिम कुनै वर्ष स्कुलका ड्रेस त कुनै वर्ष अरु कपडा मिलाएर त्यो पनि बालीमा कटाउने सर्तमा मेरा बाबाआमाले हाम्रा लागि त्यो पलपलमा साहु माहाजन संग यसरी सम्झौता गरेर घरव्यवहार चलाउने गनु हुनथियो ।

सानो खेतबारी वर्षभरीको खेतीबाली साहुले लगिदिने भएपछि बाबा धेरै चोटी धेरै काम गर्न बाहिर भारत तिर जानु भयो घरमा दिदि दुई दाजु आमा र मलाई छोडेर पछि उमेर ढल्किदै जान लाग्दा गाउ घरको कट्वाल बस्नु भयो ।गाउको कट्वाल बसेपछि बर्षभरीमा एउटा घर बाट लर्मरी २ सम्म धान दिने गरथिय पछि दुई दाजुहरु ठुलो हुनुभयो अनि कमाइका लागि भारत जानु भयो त्यसपछि हामीलाई कहिलै पनि सम्झने फुर्सद भएन भनौ अथवा समय नै मिलेन होला खै उहांहरुलाई घरको सम्झना आउन पनि छाडयो , आफु हुर्केको गाउ माटो पानि सग पैठोजोरी खेल्दै प्रकृतिलाइ अगालेर हुर्केकाहरु आज दुइ चार रुपैयाको लागी आफनो भुमिलाइ मात्र होइन आफुलाइ जन्मदिने आमा वुवाको समेत प्रवाह नगर्दा लाग्छ , अव समाजमा सम्मान र प्रतिष्ठा कला सस्कृति क्रमस लोप हुदै छ , छोरा भए सिघै स्वर्ग पुगिन्छ भन्ने अन्धविश्वासका कारणले गर्दा नै होला हाम्रो समाजमा बृद्ध पुरुषहरुले छोरा जन्माउनका लागी नै फेरी अर्कि एक महिलाको प्रयोग गर्ने गर्दछन । त्यसपछिको पिडा समस्या भोग्नेलाइ माात्र थाह हुन्छ ।

दुइ बटा दाइ कमाइको लागी अझ भनौ नितान्त आफनो स्वार्थका लागी छिमेकि देशको शरणमा पसेपछिको बृद्ध आमा वुवाको हेरचाह कसले गर्ने कसरी दैनिक जिवनलाइ धकेल्दै लैजाने हो थाह पनि छैन । नातिनातिना काखमा खेलायर वस्ने बेलामा एका विहानै जगलमा गएर घास दाउरा गर्नु , पापि पेटका लागी जोहो गर्नु नै पर्ने , गाउ घरमा सवैले आ आफनो घर केहि न केहि वस्तुभाउ पालेका छन भैसी पालेका छन दुध वेचेर नुन तेलको जोहो गर्दछन ,  तर ति वृद्धा अर्थात मेरा बुवा आमा भैसी पाल्न सक्दैन भैसि किन्ने आर्थिक स्रोत पनि त छैन , तर आज तिनै आमा वुवाको मुख हेर्छृ समय वितेको पत्तो नै लाग्दैन ।

लोग्ने मान्छे स्वार्थि हुन्छन, भन्छन तर मलाइ थाह भए सम्म मेरो वुवा कहिलै स्वार्थि भएको पाइन , मुस्कीलले कनिकुथि गरेर अक्षर पढन सक्ने मेरो बुवालाइ अक्षर चिन्न पनि मैलेनै सीकाएकी थिए । समाजले एउटा परिचय दिएको छ दलित भनेर सायद त्यहि भएर होला मेरो बुवाले कहिले काहि मदिरा पियर बहकिने गर्नु हुन्छ । मदिराले लठठ भएको बेला हामि दलित समुदायका मानिस जति पढेपनि ठुला मान्छे बन्न सक्दैनौ रे , हामिले जहिले काम गरेपनि नराम्रो हुन्छे रे…….

भनिन्छ नि पढेर मात्रै हुदैन परेको पनि हुनुपर्छ सायद त्यहि मेरा बुवा आमामा लागु हुन्छ आफुले अक्षर चिन्न नसकेतापनि मलाइ पढाइ खेलाइ गराउदै आज यहा सम्म पुर्याइदिनु भयो यसको कुनै मुल्य छैन र म यो गुन पनि तिर्न सक्दिन , म सधै हजुरको आखाको नानि भएर वस्न पाउ आजको दिनमा अन्य दिन भन्दा अलि वढि माया जागेर आयो आमाको साथमा वुवाको पनि ।

थाह छ आज बुवाको मुख हेर्ने दिन हो म घर देखि टाढा छु जहा सदरमुकाम भनेर चिनिन्छ ठाउ हो गुलरिया तर अझै विकास भएको छैन समय लाग्छ रे विकास हुन , यहि विकासका लागी कति कलम चलाइए होलान , तर आज वुवाको मुख हेर्ने दिन कहि देखिएन मनको खुसी सामाजिक सन्जालमा आवश्यक भन्दा वढि लगाव माया प्रेम देख्दा लाग्छ हामिहरुलाइ आफनो जन्मभुमि जन्मकर्ता लाइ असाध्यै प्रेम गर्दछौ तर त्यो एक दिनको लागी मात्र जस्तो लाग्छ , अरु समयमा आमा वुवाको सम्झना सन्चो विसन्चो के कस्तो छ भनेर सोधपुछ नगर्नेले सामाजिक सन्जालका भित्तामा आर्दशका शव्द लेख्दा फोटो राख्दा म आफैलाइ दुख लाग्छ ।