गुल्मी, भदौ १५ –
मावन बेचविखनको मुद्दामा गुल्मीका एक ७० वर्षका वृद्धलाई १० वर्ष जेल सजायको फैसला गरिएको छ । गुल्मी रेसुङ्गा नगरपालीका–१४ का ७० वर्षका धनबहादुर सुनारलाई जिल्ला अदालत अँर्घाखाँचीले ६ महिना अघि नै पचास हजार जरीवाना र १० वर्ष कैदको फैसला गरेको थियो ।khadiko jel 2

धनबहादुर अदालतको फैसला पछि फरार थिए । जिल्ला प्रहरी कार्यालय गुल्मीले उनलाई विशेष सुराकिको आधारमा पक्राउ गरेको जनाएको छ । उनलाई कैद भुक्तानिका लागि जिल्ला कारागार गुल्मीमा चलान गरिएको छ ।।