नवराज न्यौपाने
सुर्खेत, १५ भदौ ।
हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका ुतीजुको अवसरमा मध्यपश्चिम विश्वविद्यालयमा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको महिला विभागको आयोजनामा आयोजित उक्त कार्यक्रमको प्रमुख आतिथ्यता विश्वविद्यालयकै प्रागिक डा. राधा शाहले गरेकी छन् भने, विभागकै अध्यक्ष उशा किरण तिवारीको सभापति र कार्यक्रम विद्या शाही र सिर्जना सापकोटाले सञ्चालन गरेकी हुन् ।
कार्यक्रममा महिला विभागको बारेमा केही जानकारी गराउँदै तिवारीले भनिन अव हामी महिला कुनै पनि हालतमा पछि नपर्न र हामी नारीका आवाजलाई बुलन्द गर्नको लागि हाम्रो यो महिला विभाग गठन भएको हो । यसको लागि हामी महिलाका साझा एजेण्डाहरुलाई शसक्त तवरमा अगाडी बढाउने माध्यम महिला विभाग हुने र यसमा सबै जोडिन आग्रह समेत गरिन । उनले भनिन ः हामी नारी कति सधै पछि मात्र पर्ने ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि राधा शाहले हामी नारी तीजको लहीलहीमा आफ्नो बास्तविक संस्कृति भन्दा बाहिर रहेर अर्काको देखा सिकी नर्गन समेत अनुरोध गरिन । उनले भनिन अर्काको सिको नगरी आफ्नो बुता अनुसारको पहिरण लगाउन समेत आग्रह गरिन ।
आधुनिकताले च्याप्दै गर्दा हामी नारीले आफ्नो संस्कृतिलाई नभुल्न समेत निवेदन गरिन । बुधबार विश्वविद्यालयमा भएको कार्यक्रममा छात्र तथा छात्राले गित तथा नृत्य सहित विभिन्न प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।।










