दीपबहादुर घर्ती
जाजरकोट, १५ भदौ ।
भुरको फेरा वजारमा रहेका घर, टहरा उठाउन सोमवार भेरीमालिका नगरपालीकाले सर्वपक्षिय निर्णय गराएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरिएको भन्दै नगरपालीकाले घर टहरा हटाउनलाई यस्तो निर्णय गराएको हो । सोमवार भएको सर्वपक्षिय वैठकले बुरुङ्गे खोला पुल आसपासमा निर्माण हुन लागेका घुम्ती तथा टहराहरुको निर्माण कार्य यथास्थानमा रोक्ने र निर्माण गरीएका टहराहरु तत्काल हराउन सहमत छौ भनि निर्णय भएको नगरपलिका कार्यकामरी अधिकृत रामप्रसाद शर्माले जानकारी दिए । स्थानिय राजनैतिक दलका नेता तथा कार्यकता, नेपाल प्रहरी, पत्रकार र स्थानिय वजारवासीहरुको उपस्थितीमा सर्वपक्षिय बैठकले उक्त निर्णय गरेको अधिकृत शर्माले वताएका छन् ।vur bazaar
सार्वजनिक जग्गा अतिक्रमणलाई हटाउन पहिलो चरणमा सर्वपक्षिय निर्णय, दोश्रो चरणमा तीन पटक सुचना सार्वजनिक र तेश्रो चरणमा डोजर लगाईने अधिकृत शर्माको भनाई रहेको छ । यदी तेश्रो चरणको प्रक्रिया पनि पुरा हुन नसकेमा सार्वजनिक जग्गा अतिक्रमण गरि घर टहरा निर्माण गरेका व्यक्तिहरुवाट मासिक रुपमा चर्र्को मुल्यको भाडाँ उठाउने नगरपालिकाको अन्तिम विकल्प रहेको पनि उनले जानकारी दिए ।

आफुहरुले सरकारी जग्गा अतिक्रमण गरेको नभई प्रति घडेरी १०, १५ हजारका दरले हृदय राना, कलव रानावाट खरिद गरिएको फेरा वजारवासीहरुको भनाई रहेको छ । ५२ घरधुरी रहेका फेरावासीहरुको भनाई अनुसार फेरा वजारको सम्पुर्ण जग्गा २०२२ सालमा हृदय राना, कलव रानाका वुवाले जगतिपुरका शंकर भनारीवाट फार्से गराई आफ्नो नाममा जग्गा लिएका हुन । आफ्नो नाममा रहेको फेराको जग्गाको २०२२ देखी २०४३ साल सम्म तिरो तिर्दै आएका रसिदहरु हाल सम्म सुरक्षित रहेको राना परिवारले जनाएको छ ।

२०४४ सालको नापीवाट तयार भएको फिल्ड वुकमा नाम नदेखिए पछि फेरा वजारको जग्गा प्रति ऐलानी नै हुने नगरपालीकाले जनाएको छ । राना परिवारको जग्गा आफ्नो हो भनी दावी गर्ने कानुनी वाटो सुरक्षित नै रहने तर, कानुनी फैसला नहुदा सम्म फेरा वजारको जग्गा ऐलानी नै हुने अधिकृत शर्माको भनाई रहेको छ । फेरा वजारको अतिक्रमण हटाउनलाई राजनैतिक दलहरुले साथ दिनु पर्ने वताउदै, अतिक्रमण हटाउनमा आफुलाई साथ दिन अधिकृत शर्माले दलहरुलाई आग्रह गरेका छन् ।