दिल्ली प्रहरीले मानव बेचविखनको आरोपमा ४५ वर्षीया सारा र उनका ५० वर्षीय पति हुसेनलाई पक्राउ गरेको छ । हुसेन दम्पत्तिले नेपालका साथै पश्चिम बंगाल, उडिसा, असम लगायतका क्षेत्रका ५ हजार भन्दा बढी युवतीलाई बेचेको प्रहरीको दाबी छ ।
Saira-and-Hussain
उनीहरुले ५० हजारमा युवतीहरुलाई किन्ने र २ लाख भन्दा बढीमा बेच्ने गरेका थिए । भारतीय प्रहरीले हुसेन दम्पत्तिलाई पक्राउ गरेको स्वीकार गरेपनि थप केही बताउन चाहेको छैन । सारा १९९० मा पनि पक्राउ परेकी थिइन् । उनलाई ७ वर्षको जेल सजाय पनि भयो । तर, उनी फेरि यही धन्दामा लागेको पाइएको छ ।

प्रहरीले हुसेन दम्पत्तिविरुद्ध पर्याप्त प्रमाण रहेको दाबी गरेको इण्डिया टुडेलाइ उद्दृत गर्दै अनलाइन खबरले लेखेकोछ  ।