सल्यान, १५ बैशाख
सल्यानमा डढेलो नियन्त्रणमा लिने क्रममा दूई जनाको ज्यान गएको छ । घर नजिकैको वनमा लागेको आगो नियन्त्रणका क्रममा शारदा नगरपालिका ११ हिवल्चाका ४५ वर्षीया बालिका बस्नेत र उहाँका १२ वर्षीय छोरा नविनको ज्यान गएको हो ।

feature

घर नजिकैको जंगलमा लागेको डढेलो नियन्त्रणमा गएका उनीहरुको ज्यान गएको स्थानीय तुफानबाबु गिरीले जानकारी दिनुभयो । आगो नियन्त्रणका क्रममा धुवाका कारण बेहोस भएपछि दुवैजनाको जलेर मृत्यु भएको हो ।

हिवल्चामा रहेको भैयादेवी सामुदायिक वनको १ सय ९८ हेक्टर क्षेत्रफलमा आगो लागेको छ । आगो नियन्त्रणका लागि स्थानीय क्रियाशील रहेको वताइएको छ ।।