इन्द्रेणी संवाददाता
घोराही, १५ बैशाख भारतमा वनेका आइसर गाडीको माग वढ्दै गएको छ । इण्डियन कम्पनी भिइ कमर्सियल मेकरवाट उत्पादित १२ चक्कै गाडाीदेखि लिएर २८ देखि ५२ सीट भएका आइसर गाडीको माग वढ्दै गएको छ ।
नेपाल स्टन एजेन्सी प्रालीको दाङसहित राप्तीमा विक्रि वितरण गर्ने गरी तुलसी अटो ग्रुप प्रालीले जिल्लामा विmित्र वितरण गरिरहेको छ । आइसर गाडीमध्य मिनीट्रक, १२ चक्के, ठुलो ट्रक, २८ देखि ५२ सीटसम्मको वस रुटवस, नाइटवस, स्कुल वस, सानो ६ चक्के टिप्परको माग वढ्दै गएको प्रालीका राप्ती सेल्स इन्चार्ज नारायण वन्जाडेले जानकारी दिनुभयो ।
माइलेज वढि दिने, मेन्टेन खर्च कम, वलियो, पीकअप राम्रो भौगोलिक अवस्था अनुसार स्वीटेवल र आरामदायि सीट भएका कारण पनि आइसर गाडीको माग वढेको वजाडेले वताउनुभयो । आइसर गाडीको सुविधा दाङमा घोराही, तुलसीपुर मा रहेको छ भने केहि दिनपछि देउखुरीको लमहीमा पनि सेवा विस्तार गरिने उहाँले जानकारी दिनुभयो ।