शान्त कुमार बुढा मगर
बैशाख १५
आगलागीका कारण घरवास जलेर नष्ट भएपनि अहिले सम्म राहत नपुगेपछि राहतको खोजिमा लमही आएका राजपुर ९ छेक्रियानाका वासिहरुलाई राहत वितरण गरिएको छ । करिव ५ घण्टा पैडल हिडेर राहतको खोजिमा आएका उनिहरु हिजो सोमवार लमही आईपुगेका थिए ।
गत बैशाख ९ गते डम्वर वहादुर खड्काको घरमा सोलार सर्त भएर आगो लाग्दा चार घर जलेर नष्ट भएपनि अहिले सम्म राहत नपुगे पछि राहतको खोजिमा यहाँ सम्म आएको उनिहरले पिडित शालिकराम वि.क.ले वताउनुभयो । अहिले खुल्ला आकाशमा वास गरिरहेका पिडितहरुलाई जिल्ला दैवि प्रकोपले प्रदान गरेको रु. पाँच हजार र जि.वि.स.ले प्रदान गरेको रु.एक हजार गरि जम्मा रु. छ हजार रुपैया प्रतिघरको दरले गा.वि.स. सचिव तुल्सिराम खड्काले प्रदान गर्नुभयो ।
त्यस्तै रेडक्रस गढवाले प्रति घर एक एक वटा ट्रिपाल र भान्साका सामान उपलव्ध गराएको छ भने नेपाली कांग्रस क्षेत्र नं. १ ले पनि रु.दुई हजार पाँच रुपैयाको दरले राहत प्रदान गरेको नेपाली कांग्रस क्षेत्र नं. १ सभापति भेषराज पाण्डेले जानकारी दिनुभयो ।
राहतले तत्काल केहि राहत भएपनि वर्षात आउदै गरेकोले कुनै संघ संस्थाले टिन उपलव्ध गरिदिए ढुक्क हुने पिडित डम्वर वहादुर खड्काले वताउनु भयो । राहत लिएर पिडितहरु आजै नाका तिर फर्केका छन् । यस वर्ष नाकाको तिन स्थान खंग्रानाका, छेक्रीयानाका र खिर्कीनाकामा आगलागी भएको थियो । तर खिर्कीनाका वाहेक अन्य नाकामा कुनै संघ संस्था पुग्न सकेको छैन ।
विदेश वाट पनि सहयोग
यसै विच रोजगारीका लाग कतार पुग्नुभएका राजपुर ९ मनौरा निवमसी पुर्ण वहादुर रोकाले खिर्कीनाकाका अग्नी पिडितलाई रु. छ हजार प्रदान गर्नुभएको छ । सामाजिक संजाल र अनलाईन पत्रिका मा समाचार देखे पछि छिमेकी वस्तीमा परेको पिडामा मल्हम लगाउन सानो सहयो गरेको रोकालाई उद्रित गर्दै भैसाही निवासी अमृत खड्काले वताउनु भयो ।।
