इन्द्रेणी संवाददाता
दाङ, १५ बैशाख
दाङ देउखुरी जिल्ला अदालतले हत्याको अभियोगमा पक्राउ परेका एक जनालाइ पुर्पक्षका लागि कारागार चलान गरेको छ । अदालतले रोल्पाको जेदवाङ गाविस १ घर भई घोराही नगरपालिका ६ रझेनामा वस्दै आउनुभएका ३८ वर्षका विष्णुबहादुर महराको हत्या अभियोगमा पक्राउ परेका सौडियार ३ बस्ने हिमाल भनिने खिमबहादुर डाँगीलाइ पुर्पक्षका लागि घोराही कारागारमा चलान गरेको हो ।
महराको शव गत चैत्र १६ गते बिहान घोराही नगरपालिका ४ डबरीमा फेला परेको थियो । जिल्ला अदालतका न्यायाधिस कोमल आचार्यको इजलासले डाँगीका बारेमा थप अनुसन्धान गर्नुपर्ने भएको भन्दै थुनछेक आदेश जारी गर्नुभएको अदालतका श्रेष्तेदार गम्भिर रानाले जानकारी दिनुभएको छ ।
डाँगिका बारेमा अब अदालतले थप अनुसन्धान र प्रमाणहरुका बारेमा बुझेपछि मात्रै अन्तिम फैसला हुने छ । महरा सँगको आर्थिक लेनदेन कै कारण डाँगीले हत्या गरेको दावि गर्दै प्रहरीले अदालतलमा मुद्धा दायर गरेको थियो । घटनाको प्रकृति, महरा र डाँगीको सम्बन्ध, घटना हुनुपूर्बका गतिबिधीले महराको हत्या डाँगीले नै गरेको प्रहरीले निष्कर्ष निकालेको दाङका प्रहरी प्रबक्ता डिसपी प्रकाशराज शर्माले बताउनुभयो ।।