दीपबहादुर घर्ती
जाजरकोट, १५ बैशाख ।
वैदेशिक रोजगारको शिलशिलामा मलेसियामा विगत तीन वर्ष देखी सम्पर्क विहिन भएका छोराको खोजी गरिदिन आमाले सरकासंग माग गर्नुभएको छ । जाजरकोटको उत्तरपश्चिम टालेगाउँ गाविस वडानं. १ का महेन्द्र सिंह तीन वर्षदेखी सम्पर्क विहिन भएर वेपत्ता भएको उहाँकी आमा गंगा सिहंले वताउनुभयो ।

ama

घरमा छोरा फर्केर आउने भन्ने धेरै पहिले देखीको आशा टुटी सकेपछि खोजिका लागी सहयोग गरिदिन सिंहले आग्रह गर्नुभयो । कमाई गर्न भनेर मलेसिया पुगेका छोरातीन वर्षदेखी वेपत्ता रहेका छन । सिंहले भन्नुभयो –“कल्पनाका सपनाहरु त अधुरै रहे, दशै, तिहार जस्ता चार्ड पर्वमा निधारमा लगाईने टिका पनि आँशुले भिजाउने गरेकी छु ।”

मरेको भए लास, वाँचेको भए सासको खोजी गर्न थालेको पनि धेरै भईसकेको तर कुनै पत्तो नलागेको आमाको भनाई छ । मलेसियाको सलंगार जिल्ला स्थित एलआइ कम्पनीमा घडिरेडीयो सम्वन्धीको कामका लागी भनेर ललितपुरको जावलाखेलमा रहेको लक्की एचआर मेनपावर प्रालि मार्फत ३ वर्ष पहिले १ लाख ३५ हजार रूपैयाँ बुझाई मलेसिया गएका महेन्द्र सिंह २०७० कात्तीक देखि एक्कासी सम्पर्क विहीन भएको आमा गंगा सिहंको भनाई छ ।

छोरोलाई विदेश पठाउने एजेन्ट तथा मेनपावर कम्पनीलाई आफुले सोद्दा कहिले केटी केशमा विवाद भएर काम गर्ने कम्पनी छोडेर भाग्यो भन्ने गरेको र कहिले अरुको पैशा चोरी गरेर भाग्यो भन्ने गरेको मेनपावर कम्पनीलाई उदृत गर्दै आमाले वताईन । लक्की एचआर मेनपावर प्रालि जावलाखेल ललितपुरका प्रतिनिधि तिला काफ्ले तथा जाजरकोटका एजेन्ट हस्तकला चलाउनेलाई वारम्वार फोन गरीरहदा प्रत्येक पटकमा कुरा फेर्ने गरेकोले उनहरुकै मिलोमतोमा छोराको अवस्था यस्तो भएको आमा गंगा सिंहको आरोप छ ।।