काठमाण्डौ, १४ भदौ ।
नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन र न्युनतम् पारिश्रमिक निर्दे्शिका तत्काल कार्यान्वयन गर्न सम्पूर्ण सन्चारगृहहरुको ध्यानाकर्षण गराएको छ ।
प्रतिष्ठान शाखाहरुको भेला गरेको महासंघले साउन महिनादेखि लागू हुने गरी राजपत्रमा प्रकाशित भएको न्यूनतम् पारिश्रमिक सन्चार गृहहरुले लागू नगरेको भन्दै सन्चारगृहहरुसँग संवाद गर्ने निर्णय पनि गरेको छ ।
भदौ महिनाभित्र पनि न्यूनतम् पारिश्रमिकको निर्णय लागू नभए देशव्यापी आन्दोलनमा जाने चेतावनी पनि महासंघले दिएको छ । साथै, महासंघले व्यवस्थापिका–संसदको विकास समिति र श्रम समितिलाई न्यूनतम् पारिश्रमिकसम्बन्धी निर्देशनको अनुगमन गर्न आग्रहसमेत गरेको छ ।।










