दाङ, १३ भदौ
चाडपर्वहरु नजिकीदै गर्दा चोरी तथा अपराधका घटना बढि हुने भएकाले त्यसको रोकथामका लागी आज घोराहीका छलफल गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङसँगको समन्वयमा सामुदायीक प्रहरी सेवा केन्द्र दाङको आयोजनामा आज छलफल भएको हो । चाडपर्वको समयमा हुन सक्ने अपराध एवं चोरीका घटना रोक्नकालागी घोराही बजार क्षेत्रका टोल विकास संस्थाहरुसँग छलफल गरिएको थियो ।pp

छलफलमा सहभागी टोल विकास संस्थाका पदाधिकारीहरुले अपराध नियन्त्रणकालागी आफूहरु लागीपर्ने र प्रहरीलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनीहरुले टोल विकास संस्थाका पदाधिकारीहरुले आफ्नो टोल क्षेत्रलाई शान्तिपूर्ण बनाउनकालागी आफूहरु लागीपरेको भन्दै त्यसमा प्रहरीले पनि साथ दिनुपर्ने बताएका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक धिरजप्रताप सिंहले प्रहरी सधै नागरिकहरुको साथमा भएको र नागरिकहरुले अपराध नियन्त्रणकालागी सहयोग गर्न आवश्यक बताउनुभयो । उहाँले आफ्नो टोल क्षेत्रमा कुनै घटना भएमा वा हुन लागेका प्रहरीलाई खबर गरेर सहयोग गर्न अनुरोध गर्नुभयो ।

टोल विकास समिति क्रियाशील भएर लागेमा टोललाई शान्तिपूर्ण बनाउन सकीने पनि उहाँले बताउनुभयो । कार्यक्रममा एसपी सिंहले समुदाय सुरक्षा साईरनका बारेमा जानकारी गराउनुभएको थियो । चोरीका घटना रोक्नकालागी साईरनको प्रयोग कसरी र किन गर्न सकीन्छ भन्ने विषयमा उहाँले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सामुदायीक प्रहरी सेवा केन्द्र दाङका अध्यक्ष विष्णु पुनको अध्यक्षता एवं जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक कुवेर कडायतको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सहजिकरण सामुदायीक प्रहरी सेवा केन्द्रका सचिव आर.के.शीतलले गर्नुभएको थियो ।।