गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामबरण यादवलाई क्यान्सर देखिएकोछ । स्वास्थ्यमा समस्या देखिएपछि हालै भारतमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा यादवलाई प्रोस्टेट क्यान्सर देखिएको हो । क्यानासरको थप उपचारका लागि उनी अमेरिका जाने तयारीमा छन् । उनको निजी सचिवालयका अनुसार यादवको सेम्टेम्बर तेस्रो हप्ता हेनरीफोर्ड सेन्टरमा उपचार हुनेछ ।
rambarad
पूर्व राष्ट्रपति यादवको उपचारका लागि सरकारले थप ६० लाख रुपैयाँ दिने निर्णय गरेको छ । यो रकम पेश्की मात्र हो । र, यादवको सबै उपचार खर्च सरकारले नै व्यहोर्नेछ । चिकित्सकहरुका अनुसार यादवको उपचारमा ३ करोडभन्दा बढी खर्च लाग्नेछ ।

यसअघि भारतमा उपचार गराउन जाने क्रममा पनि सरकारले १० लाख रुपैयाँ दिएको थियो । यद्यपि नेहरु अस्पतालले निःशुल्क उपचार गरिदिएको थियो । उक्त अस्पतालको शिक्षण अस्पतालमा यादव आफैंले अध्ययन गरेका थिए । सरकारले पूर्व राष्ट्रपति डा। यादवलाई ६० लाख उपचार खर्च बाहेक जाने(आउने विजनेश क्लासको टिकट, दैनिक ३०० डलर भत्ता पनि दिनेछ । साथै उनका तीन जना सहयोगीलाई हवाइ टिकट र दैनिक १५० डलर दैनिक भत्ता दिने सरकारको निर्णय छ ।

यादव राष्ट्रपति रहेकै बेला क्यान्सरको आशंका गरेपछि परीक्षणका लागि सरकारले जापान पठाएको थियो । तर, त्यसबेला उक्त आशंका गलत भएको परीक्षणबाट पुष्टि भयो । पछिल्लो पटक साउन तेस्रो साता जनकपुरमा रहेका बेला पिसावमा समस्या देखिएपछि यादवले त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए । त्यसक्रममा प्रोस्टेटमा समस्या देखिएपछि चिकित्सकहरुको सुझाव अनुसार भारत गएका थिए ।

नेहरु अस्पतालमा परीक्षणका क्रममा पूर्वराष्ट्रपति डा। यादवलाई क्यान्सरको पुष्टि भएको छ । चिकित्सकहरुका अनुसार शल्यक्रिया पश्चात उनको क्यान्सर निको हुनेछ । तर, समयमै शल्यक्रिया गर्नुपर्ने हुन्छ । नभए संक्रमण फैलिने खतरा हुन्छ ।
अनलाइन खबरबाट