उदय बीसी
दाङ । अबको पाँच वर्षमा दाङ माछा उत्पादनमा आत्मनिर्भर बन्दैछ । यसअनुसार जिल्लामा व्यवसायिक माछापालन कृषकहरु बृद्धि हुँदैछन् । जिल्ला  कृषि विकास कार्यालय दाङले पनि जिल्लालाई करीव पाँच वर्षभित्र माछा उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्य र लक्ष्यका साथ जिल्लामा माछापालन व्यवसायलाई विस्तार गर्दैछ । जसअनुसार आर्थिक वर्ष २०७२/७३ मा मात्रै जिल्लाका विभिन्न स्थानमा १८ हेक्टर क्षेत्रफलमा नयाँ माछापालन जलाशय निर्माण गरिएको जिल्ला कृषि विकास कार्यालय दाङका मत्स्य विकास अधिकृत सुरेशकुमार भुजले जानकारी दिनुभयो ।

ma6a‘पछिल्लो समयमा कृषिकहरु पनि माछापालन व्यवसायमा अत्यधिक आकर्षित छन्’, उहाँले भन्नुभयो, ‘हाम्रो लक्ष्य पनि अबको पाँच वर्षभित्र जिल्लालाई माछा उत्पादनमा आत्मनिर्भर बनाउन सकिन्छ कि भन्ने हो ।’ नेपाल सरकारको मत्स्य उत्पादन विशेष कार्यक्रमअन्तर्गत दाङ र देउखुरी क्षेत्रको १८ हेक्टर क्षेत्रफलमा ७५ वटा नयाँ माछापालन जलाशय निर्माण गरिएको उनले बताए । जसका लागि सरकारको ५० प्रतिशत र कृषकहरुको ५० प्रतिशत गरी एक करोडभन्दा वढी लगानी भएको छ ।

14151853_10206874132763701_1027173009_oमत्स्य विकास विशेष कार्यक्रमअन्तर्गत मत्स्य विकास निर्देशनालय हरिहर भवन काठमाण्डौको सहयोग तथा जिल्ला कृषि विकास कार्यालयको अनुगमण तथा प्राविधिक सहयोगमामामा आव २०७२/७३ मा जिल्लाका धर्ना, डुरुवा, नारायणपुर नगरपालिका, तुलसीपुर नगरपालिकाका साथै लमही नगरपालिका, गोवरडिया, गंगापरस्पुर, सिसनिया  गाविसलगायतका स्थानहरुमा नयाँ माछा पोखरी विस्तार गरिएको मत्स्य विकास अधिकृत भुजले बताउनुभयो । नयाँ पोखरी विस्तारसँगै अव जिल्लाको माछापालन क्षेत्र एक सय ७५ हेक्टर क्षेत्रफल पुगेको छ । यो क्षेत्रफलमा ४ सयभन्दा वढी किसानले व्यवसायिक माछापालन गर्दै आएको कृषि विकास कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०६८/०६९ देखि सुरुभएको मत्स्य उत्पादन कार्यक्रमअन्तर्गत दाङमा व्यवसायिक माछापालन गर्नेको संख्या ह्वात्तै वढेको छ । सुरु सुरुका बर्षहरुमा माछापोखरी विस्तार गर्नका लागि सरकारले प्रतिहेक्टर एक लाख रुपैयाँ अनुदान दिने गरेपनि गएको आवबाट प्रतिहेक्टर अनुदान ३ लाख पु¥याएको छ । जिल्लामा अहिले वार्षिक ६ सय ६१ मेट्रिक टन माछा उत्पादन हुने गरेको छ । माछापालनमा जिल्लामा करीव २० करोड वढी लगानी भइसकेको छ । तर यो  उत्पादन जिल्लाको आश्यकताभन्दा निकै कम हो । जिल्लामा अहिले पनि वर्षेनी करीव ३ हजार २ सय मेट्रिक टन माछा जिल्ला वाहिरबाट निर्यात गरिदै आएको छ ।