तुलसीपुर, १३ भदौ ।
केन्द्रिय कार्यालय नेपालगंजमा रहेको भार्गव विकास बैंक आज सोमवार देखि १० औं वर्षमा प्रवेश गरेको छ । दाङ, वाँके, वर्दिया, काठमाडौं लगायतका उद्योगी एवं व्यवसायीहरुको लगानीमा संचालनमा आएको विकास बैंक छोटो समयमा प्रगति गर्न सफल भएको छ । बैंकले आज दाङको तुलसीपुरमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ ।
सो कार्यक्रममा ११ जनाले रक्तदान गर्नु भएको तुलसीपुरका शाखा प्रवन्धक मनोज कुमार आचार्यले जानकारी दिनुभयो । बैंकले वार्षिक उत्सवका अवसरमा विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तित्वहरु संग छलफल एवं अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ । सो अवसरमा नेपालरेडक्रस सोसाईटी दाङका अध्यक्ष नारायण प्रसाद शर्मा, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजाल, बैंकका प्रमुख कार्यकारी अधिकृत पुस्करराज जोशी, रिर्पोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी, मेघा बैंक तुलसीपुरका प्रवन्धक विर वहादुर भण्डारी, साकार सौरभ डेरी उद्योगका संचालक रेशम वहादुर खड्का लगाएतको सहभागिता रहेको थियो ।
बैंकले निकट भविष्यमै दाङको हापुरे, लमही, लालमटिया, गुलरिया, वांके, वर्दिया लगायतका स्थानहरुमा आफ्नो शाखा विस्तार गर्ने योजना वनाई सकेको बैंकका अध्यक्ष डम्बर वहादुर थापाले जानकारी दिनु भयो । त्यसै गरी बैंकले सोमवार नै तेरौटेमा रहेको बृद्ध आश्रममा एक सेट डाईनिङ्ग टेबुल र अक्वा गार्ड फिल्टर समेत बृद्धाआश्रमका संस्थापक अध्यक्ष नारायण प्रसाद शर्मालाई
हस्तान्त्रण गरेको छ । हेमेन्द्र खड्का , साकार खड्का, राजिव वली, प्रिया भण्डारी, विमल पौडेल, ऋषिराज भण्डारी लगायतले रक्तदान गर्नु भएको थियो ।।