गोपाल रेग्मी
रुकुम, १३ भदौ ।
चौरजहारी नगरपालिकामा संचालन गरीएको दुई दिने निशुल्क स्वास्थ्य शिविरमा ६ सय ५५ जना विरामीले स्वास्थ्य परिक्षण उपचार तथा परामर्श सेवा लिएका छन । मानव विकास तथा सामुदायिक सेवा चौरजहारी अस्पताल अन्तरगत मातृ तथा वाल स्वास्थ्य प्रवद्र्धन परियोजनाले शिविरको आयोजना गरेको हो ।

sibir

प्रजनन स्वास्थ्य सम्वन्धि समस्या भएका महिलाहरु लाई ध्यानमा राखेर शिविर संचालन गरीएको आयोजकले जानकारी दिएको छ । चौरजहारी नगरपालिका ६ को मालिका प्राथामिक विद्यालय अम्लाटाकुरा र १० को उच्च माध्यामिक विद्यालय कोटजहारीमा ंसंचालन भएको हो ।

शिविरमा ४ सय ८ महिला र २ सय ४६ पुरुष गरी कुल ६ सय ५५ जनाले स्वास्थ्य सेवा लिएका छन । शिविरमा गर्भ परिक्षण पाठेघर सम्वन्धि जाँच स्त्रीरोग यौन रोग सम्वन्धि उपचार तथा परामर्श सेवा परिवार नियोजन सेवा नाक कान घाँटी छाला र दन्त परिक्षण लगाएत सेवा संचालन गरीएको थियो ।

शिविरमा अस्पताल प्रशाशक डिल वहादुर गिरी डाक्टर कालेव वुढा सुमन राई सामुदायिक स्वास्थ्य कार्यक्रम संयोजक पुर्ण थापा पव्लिक हेल्थ अधिकृत आत्माराम कुमाई लगाएत १५ जना स्वास्थ्य कर्मिहरुको समुह खटेको थियो । अस्पतालले प्रत्येक वर्ष निशुल्क स्वास्थ्य शिविरहरु संचालन गर्दै आईरहेको छ ।।