12990851_1774313256120887_9005230067546640973_nतुलसीपुर १३ भदौ ।  राप्ती अञ्चल सार्वजनिक यातायात बस व्यवसायी समितिले दाङ देखि भारतको दिल्ली सम्म आजदेखि  सिधावस सेवा सञ्चालन गर्दै छ ।  यात्रुहरुको माग र सहजतालाई मध्यनगर गर्दै दाङदेखि भारतको दिल्लीसम्म बस सेवा सञ्चालनको प्रयास गरिएको  समितिका डायल ईञ्चार्ज प्रकाश भट्टले जानकारी दिए । पहिलो पटक दाङदेखी भारत सम्म सिधा वस सञ्चालन हुन लागेको यो पहिलो पटक हो ।

 अब देखि दाङबाट भारत जान चाहाने यात्रुहरुको लागि कयौं वसहरु परिवर्तन गर्दै डिल्ली जानुपर्ने बाध्यता अन्त्य हुने डायल इञ्चार्ज भट्टले बताए ।  उनले भने ‘ यसले वसहरु परिवर्तन गर्नुपर्ने झनझट हट्ने छ भने यात्रुहरु ठगिने समस्याको पनि अन्त्य हुने छ ।’ महंगो भाडा तिर्नुपर्ने अनि अनाबश्यक दुःख ब्यहोर्नुपर्ने बाध्यता हट्ने डायल ईञ्चार्ज भट्टले बताए  ।

समितिले दाङको पूर्वी व्यापारिक केन्द्र भालुबाङबाट लमही –घोराही–तुलसीपुर – अमिलिया–नेपालगंज – रुपैडिहा हुदै दिल्ली सम्मको बस सेवा आजदेखि पहिलो पटक सञ्चालन गर्न लागेको हो । नेपालको दाङदेखी दिल्लीसम्म सेवा शुरु गुर्नलाई राप्ती समितिले एउटा सफलताको सूचकका रुपमा औंल्याएको छ । राप्ती समितिले  एक हप्ता सम्म तीन दिन  डिलक्स वसहरु छोड्ने छ भने यात्रुहरुको चाप र मागलाई  मध्यनजर गर्दै गाडी संख्या थपघट गर्न सकिने समितिका डायल इन्चार्ज भट्टले  बताए ।

 उनका अनुसार पहिलो चरणमा सोमबार , बुधबार र शुक्रबार दिल्लीका लागि बस सेवा सञ्चालन गरिने छ । समितिले दिल्ली सम्मको भाडा भालुवाङबाट २ हजार ८० र तुलसीपुरबाट १ हजार नौसय कायम गरेको छ ।  भालुवाङबाट दिल्लीका लागि साढे ११ बजे छुटेको वस १२ बजे लमही, १ बजे घोराही  साढे २ बजे तुलसीपुरबाट छुटने डायल ईञ्चार्ज भट्टले जानकारी दिए । नेपालको दाङबाट भारतको डिल्लीका लागि लागि सिधै वस सञ्चालन हुन लागेको यो पहिलो पटक हो । यसअघि सिधै भारत जान चाहाने यात्रुले काठमान्डौं वा नेपालगञ्जपारि रुपैयाडिहा जानुपर्ने बाध्यता थियो ।