इटहरी / शनिवार साझ इटहरीमा एकाएक एक पत्रकार कुटिएको हल्ला फिजियो ति पत्रकार को थिए भन्दा इटहरीबाट प्रकासित समय आवाज साप्ताहिक पत्रिकाका प्रकासक तथा मिडिया नेपाल सुनसरीका अध्यक्ष जिवन फुयाल । तर किन पिटिए कारणको खोजी कतैबाट भएन ।
उनि पिटिएको बिषयलार्इ लिएर आइतबार सम्ममा नेपाल पत्रकार महासंघ सुनसरी , मिडिया नेपाल सुनसरी , रिपोर्टस क्लब सुनसरी , संघिय प्रेस फोरम नेपाल सुनसरी लगायतले प्रेस बिज्ञप्ती जारी गरी कुटपिटमा संलग्न दोषिहरू पत्ता लगार्इ कार्वाहिको माग गरेका छन भने पिटिएका पत्रकार तथा मिडिया नेपालका सुनसरी अध्यक्ष जिवन फुयालले बिप्लब समुहका कार्यकर्ता दिपक बिष्ट सहित तिन जना बिरूद्ध कार्वाहिको माग गर्दै इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएका छन ।
कुटपिटबाट घाइते बनेका मिडिया नेपालका सुनसरी अध्यक्ष फुयालका अनुसार शुक्रबार साझ इटहरीमा सम्पन्न रथयात्राको समाचार संकलन गरी इटहरी ४ को एक होटल पुगेर डेरा तर्फ जादै गर्दा बिप्लब समुहका कार्यकर्ता दिपक बिष्ट सहित तिन जनाको समुहलेआफुमाथी एककासी आक्रमण भएको बताए । उनले आफुसंग भएको क्यामारा समेत सो समुहले लुटेर लगेको आरोप लगाएका छन ।
किन पिटिए फुयाल ?
इटहरीमा हालै गठित मिडिया नेपालका अध्यक्ष जिवन फुयालमाथी भएको कुटपिटको विषयले बजार ततायो तर किन पिटिए रु यस बिषयमा पूर्वेली न्युजले फलो गर्दै जादा सनसनीपुर्ण खुलासा भएको छ । उनि माथी कुटपिट गर्ने बिप्लव माओवादी अन्तरगत राष्ट्रिय जन स्वयमसेवक केन्द्रिय सदस्य दिपक बिष्टका अनुसार इटहरीका केहि ब्यापारीहरूलार्इ बिभिन्न प्रलोभन देखार्इ ठगि गरेको र होटलमा काम गर्ने युवतिहरूलार्इ मोडल बनाइदिन्छु भन्दै ठगि हिडेको गुनासो बढेपछि उनलार्इ कार्वाहि गरिएको बताएका छन ।
बिप्लब माओवादी पक्षका केन्द्रिय सदसय समेत रहेका बिष्टले फुयाल पत्रकार हो या हैन आफुहरूलार्इ जानकारी नभएको तर फटार्इ गर्दै हिडेको पाइएपछि उनलार्इ कार्वाही गरिएको यसलार्इ पत्रकारितासंग नजोडन आग्रह समेत गरेका छन । पूर्वेली न्युजसंग करीब १० मिनेट भएको मोवाइल बार्तामा केन्द्रिय सदस्य बिष्टले बिभिन्न समयमा आफ्नो पार्टी बिरूद्ध प्रहरीलार्इ कुरा लगाएर कार्यकर्ता पक्राउ पारेको प्रमाण फेला पर्नुको साथै युवतिहरूलार्इ मोडल बनाइदिन्छु भन्दै प्रलोभन देखाएको युवतीहरूले गुनासो गरेपछि उनलार्इ कार्वाही गरिएको बताए ।
उनले त्यो दिन हातमा मदिरा र गोजिमा फ्रुटी लिएर आएका फुयालले होहल्ला बढी गर्नुका साथै आफ्नो कार्यकर्ताहरूमाथी दुर्ब्यहार गरेको र सो फलस्वरूप आफुहरूले कार्वाहि गरेको बताए । साथै उनिमाथी भएको कार्वाहीपछि मिडियामा आएको सबै कुरा गलत रहेको उनले बताए । बिष्टले कार्वाहीमा परेका फुयालको साथबाट भने जस्तो क्यामारा , मोवाइल र कुनै जिन्सी आफुहरूले नलगेको त्यो आफुहरूलार्इ फसाउने उनको चाल रहेको बताए ।
केन्द्रिय सदस्य बिस्टले आफु लगायत आफ्नो पार्टी समेत सदैव प्रेस जगतको सम्मान गर्ने बताएका छन तर पत्रकारीताको नाममा गलत काम गर्दै हिडने फुयाल जस्तालार्इ भने पार्टीले नछाडने बताएका छन ।
पुर्बेली न्युज डटकम बाट
