दाङ, भाद्र १२ । उत्सर्ग फिल्मस् नेपालले आयोजना गरेको राप्ती अंचल स्तरीय खुल्ला नृत्य प्रतियोगिता उत्सर्ग डान्सिङ स्टार ३ को उपाधी सुप्रीया पाण्डेले चुमेकी छिन् । शनिबार घोराहीमा आयोजना गरिएको फाइनल कार्यक्रममा उनले महिला हिंसाको विषयवस्तु समेटी निकै भाव पूर्ण नृत्य प्रस्तुत गरेकी थिइन् । उनले स्टारको उपाधी सहित नगद रु. ५० हजार, ट्रफी, मेडल प्राप्त गरेकी थिइन् ।

IMG_0819फाइनलमा २२ जनाले उपाधीका लागि प्रतिष्पर्धा गरेका थिए भने सवा दुई सय जनाले यस प्रतियोगितामा अडिसन दिएका थिए । दाङको घोराही ११ भृकुटीनगर निवासी समाज सेवी द्रोण पाण्डे र पुष्पा पाण्डेकी छोरी सुप्रीया सिद्धार्थ एकेडमीमा कक्षा ५ मा अध्ययनरत छिन् ।

प्रतियोगितामा अस्मिता गिरीले द्वितीय र सुप्रिया देवकोटाले तृतीय स्थान प्राप्त गरेका थिए । उनीहरुलाई क्रमशः १५ हजार र १० हजार नगद सहित उपहार प्रदान गरिएको थियो । त्यसैगरी प्रभा अधिकारीले रु. ५ हजार नगद सहित सान्तवना स्थान हासिल गरेकी थिइन् । प्रतियोगितामा अनुशापुन, सपना भण्डारी, सन्ध्या अधिकारी, दक्षिणा सिंह, निर्मला पुन, करिना डाँगी, सुष्मा केसी रअभिसा शर्माले विशिष्ट प्रतिभा अवार्ड प्राप्त गरेकाथिए । त्यसैगरी सुप्रीय देवकोटाले उत्कृष्ट प्रतिभा अवार्ड, जेलिसा चौधरीले अनुशासन अवार्ड र नरेन्द्र चौधरीले वेस्ट पफर्ममेन्स अवार्ड प्राप्त गरेकाथिए ।

IMG_0823(1)कार्यक्रम संयोजक केएल पीडितको अ्रध्यक्षमा भएको सो कार्यक्रममा प्रमुख अतिथी उत्सर्ग डान्सिङ स्टार २ की विजेता समीक्षा पौडेल, विशिष्ट अतिथी दाङ जिल्ला उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष खड्गबहादुर बुढाथोकी, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासन, सल्लाहकार गेहेन्द्र बस्नेतले उत्सर्ग फिल्मस् नेपालले कलाक्षेत्रको प्रवद्र्धन तथा नव प्रतिभाहरुको उन्नयनमा महत्वपूर्ण भूमिका योगदान पु¥याएको चर्चा गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण मोडल हिमा थापाले गर्नु भएको थियो भने निर्णायकमा नायक विनोद थापातथा नृत्य प्रशिक्षक सुशीला थापा पोख्रेल रहनु भएको थियो ।