धनिराम शर्मा(ऋतुविचार)
देशकै उत्कृष्ट नगरपालिकाको परिचय बनाएको घोराही नगर पछिल्लो समययता अर्बान (Urban Tourism ) टुरिजमको प्रवद्र्धनात्मक अभ्यासमा जुटेको छ । राप्तीकै प्रवेशद्वार मानिने घोराही नगरमा करिब २ वर्ष यता पर्याबरणीय तथा पर्यटनमैत्री नगर बनाउने अभियान संचालन हुदै आएका छन् । आधारभूत सरसफाइर्, हरित नगर कार्यक्रम अन्तरगत एक घर एक बिरुवा, जलाशयको संरक्षण र कृतिम ताल निर्माण गरिदै आएको छ । ग्रीन सिटीदेखि फ्लोर सिटीको कार्यक्रमहरु संचालन हुदै आएका छन् , प्राकृतिक ताल, कुण्ड वा दहको संरक्षणसंगै नयाँ तालहरुको निर्माण गरि अर्बान टुरिज्मलाई प्रवद्र्धन गर्ने अभ्यासका कार्य हुदै आएको सरोकारवालाहरुको दावी छ ।
कृतिम जलाशय अर्बान टुरिज्मको आधार
दाङ पर्यटनको प्रवेशद्वार भएकोले घोराहीलाई प्राकृतिक तथा कृतिम जलाशयको निर्माण गरि पाहुनाको अवलोकन गर्ने गतिलो गन्तव्य बनाउन सकिने पर्यटन जानकारहरु बताँउछन् । नगरपालिका र स्थानीयको पहलमा हालसम्म ६ स्थानमा कृतिम जलाशय निर्माण भएका छन्, जैविक विविधताको संरक्षणसंगै पर्या पर्यटनको विकासमा कृतिम जलाशय निकै अर्थ राख्ने गर्दछन् । पानीको श्रोतलाई जोगाई राख्नका लागि यस्ता जलाशय मिनि ड्यामको रुपमा प्रयोग समेत हुने गर्दछन् । नगरको पानीको अभावलाई पूर्ति गर्ने गतिलो माध्यम समेत हुन सक्छन् ।
प्रकृतिमा रम्नेहरुका लागि नगरभित्रका निर्माण हुने यस्ता जलाशयहरु निकै महत्वपूर्ण मानिन्छन्, बद्दो शहरीकरणलाई व्यवस्थित गर्न र पर्याबरणीय सन्तुलनलाई कायम गर्न नगरले थालेका जलाशय निर्माणका कार्य निकै प्रभावकारी हुने बाताबरण सम्बद्धहरु बताँउछन् । जलाशय निर्माणले नगरको सौन्दर्यतासंगै बाताबरणीय सन्तुलनलाई कामय गर्न निकै फलदायी हुने बाताबरण अभियान्ता डिल्लीबहादुर रावतले बताए । जमिनमाथिको पर्याबरण मात्र होइन जमिनको चिस्यानलाई दीगो राख्न समेत मद्दत हुने रावतको कथन छ । पछिल्लो समय दाङको पर्याबरणमा प्रश्न उठेको बेला कृत्रिम ताल निर्माण एक गतिलो उदाहरण भएकोले यसलाई थप पर्यापर्यटन विकासको अवधारणाबाट व्यवसायीक बनाउदै स्थानीयको जीवनसुधारसंग जोड्न सक्नुपर्ने रावतले सुझाए ।
पर्याबरणमैत्री नगर बनाउन आर्थिक वर्ष २०७२/७३ को अन्तसम्ममा करिब ६२ लाख रुपैया खर्च भैसकेको नगरको तथ्याँकमा उल्लेख छ । हरितनगर बनाउने अभियान अन्तरगत स्थानीयको श्रमदान बाहेक नगरको २५ लाख, नेपाल सरकारको हरितनगर कार्यक्रम अन्तरगत ३५ लाख र जिल्ला वन कार्यालयको दुइ लाख रुपैया खर्चिएको छ, नगरपालिकाको नेतृत्व र स्थानीयको सहभागितामा यतिबेलासम्म नगरभित्र प्राकृतिक तालको संरक्षणसंगै कृतिम ताल निर्माण गर्ने प्रतिस्पर्धा नै चलेको छ । कृतिम ताल निर्माण पछि स्थानीयको जीवनमा समेत प्रभाव परेको छ, स्थानीय पानीको श्रोतको संरक्षण गरि ताल निर्माण गरिदै आएको छ, तालले पानीको आपूर्तिलाई पुरा गर्ने गरेको छ । ताल निर्माणपछि सिचाई गर्न निकै सजिलो भएको आरोग्य ताल निर्माण समितिका सदस्य तथा घोराही ३ का स्थानीय जीवराज डाँगीले बताए । खेर गइरहेको जमिन समेत उपयोग भएको र खेतिपातीमा समेत राहत मिलेको डाँगीले भने, नगरपालिकाको सहयोग र स्थानीयको श्रमदानबाट ताल बनेपछि खेतिपाती संगै अवलोकन गर्न मानिसहरु पुग्ने गरेको डाँगीले सुनाए ।
क्षेत्रगत हिसाबले टुरिज्मलाई ग्रामीण र शहरी गरि विभाजन गरिएको हुन्छ, यद्यपी ग्रामीण र शहरी पर्यटनबीच अन्योन्यश्रित सम्बन्ध हुन्छ, राप्तीको सन्दर्भमा नगरपालिका क्षेत्रहरु नगर पर्यटनका आधार क्षेत्र मानिन्छ, विद्यमान राप्तीमा ९ नगरपालिका रहेका छन् जस मध्ये घोराही सबै भन्दा पुरानो नगर हो । विसं २०३५ सालमा स्थापित घोराही नगर यतिबेला हरितनगर बन्ने होडमा छ । हरितनगर बन्ने होडमा रहेको घोराही नगरभित्र पानीको श्रोतलाई व्यवस्थित गरि पर्याबरणमैत्री बनाउने अभियान जारी रहेको नगरले बताएको छ ।
नगरले हालसम्म ६ वटा कृतिम ताल र २ वटा प्राकृतिक ताल वा दहको संरक्षण गर्दै आएको छ । नगरको आन्तरिक तथा संघीय मामलिा तथा स्थानीय विकास मन्त्रालयको हरितनगर कार्यक्रम र स्थानीयको श्रमदान समेतमा तालहरुको निर्माण तथा संरक्षण हुदै आएको हो । पर्याबरण मैत्री नगर बनाउन प्रत्येक घर अगाडि विरुवा रोपण तथा संरक्षण गरिदै आएको छ । देशका उत्कृष्ट नगरले परिचत घोराही नगर भित्र पार्कहरुको निर्माण तथा संरक्षण पनि हुदै आएका छन्, त्रिभूवन पार्क, शहिद लखनथापा पार्क गुलरिया लगायतका पार्कहरुको पनि विकास गरिदै आएको छ ।
पर्याबरणलाई व्यवस्थित गरि नमुना नगर बनाउन स्थानीयसंगको सहकार्यमा कृतिम जलाशयहरुको निर्माण थालेको घोराही नगरपालिकाका कार्यकारी अधिकृत तुफासिंह केसीले बताए । स्थानीयको उत्साहजनक सहभागिता छ, ताल निर्माणपछि उनीहरुको व्यवसायमा पनि सहयोग भएकोले टोल टोलबाट स्थानीयहरु अघि सरेका छन् केसीले भने । देशकै उत्कृष्ट पर्या तथा पर्यटनमैत्री नगर बनाउने योजना अनुरुप नगरको पर्यटकीय सम्पदाहरुको संरक्षण सम्वद्र्धन गरि अर्बान टुरिज्मको विकास गर्ने उदेश्य रहेको केसीले बताए । करिब २ वर्ष अघिदेखि हरितनगरसंगै कृतिम जलाशयको अभियान संचालनमा छ । यसै संगै नगरलाई सफा र हरियाली बनाउन वृक्षारोपन तथा संरक्षणका कार्यक्रम पनि भएका छन् उनले भने ।
समुद्री सतहबाट करिब ६ सय मीटरदेखि १४ सय मीटरको उचाइमा अवस्थित रहेको नगर राप्तीकै पुरानो हो । जनगणना सन २०११ का अनुसार ६२ हजार बढी जनसंख्या रहेको नगरमा प्राकृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदाहरु रहेका छन्, अम्बिेश्वरी, सिद्धरत्ननाथ नमु छु बौद्ध गुम्बा जस्ता धार्मिक, बाह्रकुने दह, ज्यामिरे दह जस्ता सिमसार क्षेत्र र वन क्षेत्र रहेका छन् । मौलाकोट जस्ता सांस्कृतिक भूमि, पनौराको थारु संग्राहलय, त्रिभूवन पार्क र शहिद लखनथापा पार्क जस्ता मानवनिर्मित सम्पदाहरु पनि रहेका छन् । करिब ४० किलोमिटर स्तरिय सडक र आधा दर्जन आधुनिक होटेल्सहरु संचालनमा रहेका छन् । यद्यपी राष्टिय गौरबका मुल सडकहरु समयमै निर्माण हुन नसक्ता नगरको सुन्दरतामाथि प्रश्न भने उठाइदिएको छ ।
अटोभिलेजको अवधारणा अर्बान टुरिज्मको सबल पक्ष
घोराहीलाई हरितनगर बनाउन अटोभिलेको अवधारण यतिबेला कार्यान्वयन भएको छ, जथाभावी र जहाँतही अटोका कार्य हुँदा नगर प्रदुषित बनेपछि घोराही नगरपालिकाले हरित नगर कार्यक्रम अन्तरगत नगरको वडा नम्बर १० सेवारखोला छेवैमा अटोभिलेज संचालनको व्यवस्था गरेको छ । जसबाट नगर प्रदुषित हुनेमा कमी आएको बाताबरण सम्वद्धहरुको प्रतिक्रृया छ । नगरको सरसफाईसंगै सौन्दर्यतालाई कायम राख्न अटोभिलेज निकै अर्थपूर्ण हुन्छ, पर्यटनको एक आधार सरसफाई र पर्याबरण भएकोले अटोभिलेज अर्बान टुरिज्म प्रवद्र्धनका लागि सार्थक बन्ने जानकारहरु बताँउछन् ।यति मात्र होइन एकै स्थानमा अटो संचालन हुँदा सेवा दिन र बजार प्रवद्र्धनमा समेत सहयोग भएको व्यवसायीहरु बताँउछन्, व्यवसाय संचालनमा सहजसंगै नगरले राजस्व संकलनमा सजिलो भएको बताइएको छ ।
फ्रलोर सिटी बनाउने निजी क्षेत्रको पहल
ग्रीन सिटी र फ्लोर सिटीको नारा दिएको दाङ जिल्ला उद्योग वाणिज्य संघले अभियान संचालन गरेको छ । उद्योग तथा व्यवसायीहरुलाई सरसफाईप्रति थप जिम्मेवार बनाउन अभियान शुरु गरिएको दाङ जिल्ला उद्योग वाणिज्य संघ अध्यक्ष हेमराज बन्जाडेले बताए, फ्लोर सिटीको विकास गर्न प्रत्येक घरमा फूलसहितको गमला रोप्ने अभियान जारी छ, नगरबाट शुरु भएको अभियान जिल्लाभर संचालन हुने बन्जाडेले बताए, हरियाली र फूलसहितको नगर बनाउन सकिएमा अर्बान टुरिज्मको विकास गर्न सकिने उनको कथन छ । चुलोदेखि सडकसम्म सदैव सफा राख्न सके दाङ भ्रमण गर्ने पाहुनालाई सकारात्मक सन्देश दिन सकिने उनको मत छ । सरकारी कार्यक्रमलाई थप बल दिन निजी क्षेत्र सदैव तयार भएको समेत उनले प्रतिवद्धता दोहो¥याए ।
उबासंघले नगरलाई सदैव रमणीय सफा र सुन्दर राख्ने प्रतिवद्धताको लागि अभियान्ताको सक्रियता बढाएको छ, अभियान्ताको माध्यमबाट टोल, नगर अनि जिल्लालाई पूर्ण आनीबानी परिवर्तनसहितको पूर्ण सरसफाई युक्त जिल्ला बनाउने निजी क्षेत्रको संकल्प छ । यद्यपी सन २०१४ मा दाङ खुला दिशामुक्त जिल्ला घोषणा भैसकेको छ ।