Late-Gore-Bahadur-Khapangiकाठमडौ १२ भदौ । पूर्व मन्त्री एवं जनजाति अगुवा गोरेबहादुर खपाङ्गीको निधन भएको छ । खपाङ्गीको उपचारको क्रममा गएराती राजधानी काठमाण्डको बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो ।

पिसावमा समस्या देखिएपछि खपाङ्गीलाई हिजो साँझ अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा गएराती बरिव ११ बजे उहाँको निधन भएको परिवारले जनाएको छ । खपाङ्गी तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनको समयमा २०५९ साल भदौ २२ गते ८ महिनासम्म महिला तथा बालबालिका मन्त्री बनेका थिए ।

नेकपा मालेबाट राजनीतिमा प्रवेश गरेका खपाङ्गी पार्टी परित्याग गरि राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक महासचिव हुँदै हाल लिवरल डोमेक्रयाटिक पार्टीको अध्यक्ष बन्नुभएको थियो । २०७० सालमा मोटरसाइकल दुर्घटनामा परेपछि खपाङ्गी अस्वस्थ बन्नु भएको थियो ।