घोराही । नेपाल तरुणदल दाङको वैठक शनिवार बस्यो ।  तरुणदल दाङका अध्यक्ष टिका घर्तीको अध्यक्षतामा वैठक भएको हो  । वैठकले तरुण दल नेपालको यही भाद्र २४, २५ र २६ गते पोखरामा हुन लागेको महाधिवेशन भव्य रुपले गर्नका लागि अध्यक्ष टिका घर्तीको संयोजकत्वमा आर्थिक व्यावस्थापन समिति गठन गरिएको  छ ।

indexवैठकले  महाधिवेशन सफल  वनाउन जिल्लामा विभिन्न उप–समितिहरु गठन गर्ने निर्णय गरेको  छ । साथै वैठकले दाङ वाट प्रतिनिधित्वगर्ने नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरीलाई बधाई ज्ञापन गरेको छ । वैठक पछि तरुणदल दाङका अध्यक्ष टिका घर्तीले एक विज्ञप्ती  जारी गर्दै मन्त्री गिरीलाई कार्यकालको सफलताको शुभकामना समेत व्यक्त गरेको छ ।

साथै विज्ञप्तीमा  नेपाल विद्यार्थी संघको राष्ट्रिय महाधिवेशन वाट विभिन्न पदमा निर्वाचित विद्यार्थीहरु नेताहरुलाई बधाई ज्ञापन गरेको उल्लेख छ ।  बैठकले नेपाल तरुण दलका प्रदेश न। ५का ललिज जंग शाहको हजुर वुवा असामयिक दसखद निधन प्रति समेत समवेदन प्रकट गरेको छ ।